एक हजार ५ सय ५० कर्मचारीलाई स्वत बढुवा,महानगरलाई ३० लाख ५० हजारको आर्थिक भार

सीता पौडेल, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा स्वत बढुवा गरिएको छ । योसँग महानगरलाई ३० लाख ५० हजार बराबरको आर्थिक भार थपिएको नगरपालिकाले जनाएको छ ।
यही फाल्गुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ’काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै तहका स्थायी कर्मचारीको तह बढुवा गरिएको नगरपालिकाको स्रोतले बताएको छ ।
समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा बढुवा गरिएको प्रमाणपत्र समेत प्रदान गरिएको छ । समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा बढुवा गरिएको हो ।
बढुवा भएका कर्मचारीलाई राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ऐनमार्फत कर्मचारीको पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने र चुस्त, दुरुस्त र इमान्दार सेवा तवरले सेवा प्रवाहा गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यक्रममा प्रमुख शाक्यले भन्नुभयो ,‘ समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ ।’
कार्यक्रममा महानगर उप –प्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै आगामी दिनमा कर्मचारीको काँधमा जिम्मेवारी झन थपिएको हुनाले महानगरका हरेक तहका काम कारबाहिबाट सेवाग्राहीले सहज र सरल ढङ्गले सेवा पाउने छन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##कर्मचारी बढुवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्