१०४ वर्षीया जेष्ठ नागरिक मनरुपाले लगाउनुभयो कोभिड–१९ विरुद्धको खोप

सीता पौडेल ,
काठमाडौं । दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पतालमा १०४ बर्षिया मनरुपा चौलागाईले कोभिड–१९ विरुद्धको खोप लगाउनु भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ कुमारीगालकी स्थानीय वासिन्दा चौलागाई सोही वडाकी सबैभन्दा जेष्ठ नागरिक रहेको वडा अध्यक्ष शुद्ध कुमार डंगोलले बताउनु भयो । उहाँ छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आउनुभएको थियो ।
विहान सबैर उठ्ने र नुहाई धुवाइ गरेर पूजा पाठ भजन कीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्ने बताउनु हुन्छ ।खानाका साकहारी सबै खानेकुरा मनपर्ने ,दहि दुध र फलफुल धेरै मन पराउने , प्रशस्त पानी पिउने थोरै थोरै तर पटक पटक खाइरहने उहाँको बानी रहेको छ ।
कोरोना महामारीका बेला मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उहाँले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना विरुद्धको खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले निर्धक्क भएर खोप लगाउन जेष्ठ नागरिकलाई अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीको आग्रह गर्नुभयो ।
निजी क्षेत्रवाट संचालित स्वास्थ्य सेवा प्रदायकहरुमध्येको अग्रणि अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको बताएको छ । साथै यस अस्पतालले नेपाल सरकारसँगको सहकार्यमा क्यान्सरका बिरामीकहरुको विशेष सहुलियत र सरकारी सुविधा सहितको उपचारकक्षको व्यवस्था समेत गरेको छ । त्यसैगरी अस्पतालले मृगौलामा समस्या भएका बिरामीहरुका लागि निःशुल्क डायलाईसिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड–१९ बिरुद्धको खोप, #१०४ वर्षीया जेष्ठ नागरिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्