सवारीसाधनबाट पैसा लिने तथा प्रहरीलाई दुब्यवहार गर्ने दुइ जना बिचौलीया पक्राउ

चितवन । सवारी साधनबाट पैसा लिने तथा ड्युटीमा खटिएका प्रहरीलाई दुर्ब्यबहार गर्ने दुइ जना बिचौलियालाइ चितवन प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपुरको गैंडाकोट नगरपालिका २ बस्ने ३२ बर्षिया सुजन शाही र कावासोती नगरपालिका १४ बस्ने २८ बर्षिया राज कुमार श्रेष्ठ रहेका छन् ।
उनीहरुले भरतपुर महानगरपालिका ३ पुल्चोकमा नारायणगढबाट काठमाण्डौ जान लागेको बा. १३. च. ५७९७ नम्बरको कारलाई रोकी हामीले काठमाण्डौं जाने मान्छे तपाईको गाडीमा राखी दिन्छौं केही पैसा ट्राफिक प्रहरीलाई दिनुपर्छ, केही कमिसन हामी पनि राख्छौ भनी पैसा उठाउने र ड्युटीमा खटिएको प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमा अबरोध सिर्जना गर्ने गरेको प्रहरीको भनाइ छ ।
ड्युटीमा खटिएका प्रहरीलाई कामकाजमा अवरोध सृजना गर्दै सवारीसाधनबाट पैसा अशुल्ने गरेको आरोपमा उनीहरुलाइ (शनिबार) हामीले पक्राउ गरेका छौँ, चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले भने, पक्राउ परेकाहरू दुबैउपर हिजो (आइतबार) देखी लागु हुने गरी सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जनाइएको छ ।
लागूऔषध सहित एक जना पक्राउ ।
यस्तै, चितवन प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । (आइतबार) साँझ अन्दाजी सवा पाँच बजेको समयमा भरतपुर महानगर ११ नवज्योतीचोक स्थित बाटोमा शंकास्पद रुपमा हिडिरहेका भरतपुर १२ नौरङगे बस्ने बर्ष २० को रिबाज तामाङलाइ नियन्त्रणमा चेकजाँच गर्ने क्रममा उनको साथबाट अन्दाजी ५०० ग्राम लागूऔषध गाँजा फेला पारिएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङ विरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्