Techie IT
शनिबार, वैशाख ६,२०८२

क्रिष्टल कलेज प्रकरण : शिक्षक पराजुलीको पनि म्यासेज वाहिरीयो, कार्वाही हुनुपर्ने विद्यार्थीको माग


चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका १० स्थित पर्सौनीमा रहेको क्रिष्टल कलेज फेरी बिवादमा तानिएको छ । त्यहाँका अंग्रेजी संकायका शिक्षक हरी प्रसाद न्यौपानेको अश्लील म्यासेज बाहिरिएको ७२ घण्टा बित्न नपाउँदै आज (आइतबार) पुनः त्यहीँका शिक्षक गोकुल पराजुलीको पनि म्यासेज बाहिरिएको हो । उनलेे त्यहीँकी एक छात्रा बिद्याथीको फोटो डाउनलोड गरेर हैट भनी पठाइएको देखिन्छ ।

शिक्षक : गोकुल पराजुली 

बिद्यालयको शेयर होल्डर तथा नवदिप टेन्ट हाउस टाँडीका सञ्चालक समेेेत रहेका शिक्षक पराजुली बिवादास्पद ब्यक्ति हुन् । उनी पटकपटक यौनकाण्ड मुछिदै आएका छन् । स्रोत भन्छ : यस्तै आरोप लागेपछि उनलाई पिठुवाको एक स्कुलबाट समेत केही बर्ष अगाडि मात्रै निकालिएको थियो । उनको श्रीमती पनि शिक्षिका हुन् ।

क्रिष्टल कलेज

पछिल्लो समय क्रिष्टल कलेजमा अध्ययनरत विद्यार्थीहरु आफ्नै शिक्षकबाट नै असुरक्षित भइरहेका छन् । तैपनि बिद्यालय प्रशासन गम्भीर भएको पाइदैन नै उल्टो बिद्यालय प्रशासन स्वयं घट्नालाइ दबाउन खोजिरहेका छन् । आरोपित पराजुलीले समेत म्यासेज सार्वजनिक नगर्न पीडित विद्यार्थीलाइ दबाब दिदै आएका थिए ।

शिक्षा मन्त्रालयमा उजुरी ।

यसैबीच, कलेजविरुद्ध (आइतबार) शिक्षा मन्त्रालयमा समेत उजुरी परेको छ । आफ्नै शिक्षकद्वय हरी प्रसाद न्यौपाने र गोकुल पराजुलीका कारण असुरक्षित हुनुपरेको भन्दै विद्यार्थीहरुले मन्त्रालय गुहारेका हुन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयमा कलेज र दोषी शिक्षक दुबैलाइ हदैसम्मको कार्वाही हुनुपर्ने माग राख्दै उजुरी परेको बताइन्छ ।

सुरुमा न्यौपानेले कक्षा ११ की पुजा सुनार र कक्षा १२ को मन्सारा घिमिरेलाइ अश्लील म्यासेज पठाएको र सो सम्बन्धमा विद्यार्थीहरुले आफ्नी शिक्षिका बिष्णु नेपाल लाइ भनेपछि नेपालले कलेज प्रशासनमा कुरा उठाएकी थिइन् ।

शिक्षिका नेपालले कलेज प्रशासनमा ध्यानाकर्षण गराए पनि बिद्यालय प्रशासन गम्भीर हुनुको सट्टा उल्टो बिद्यालयका प्राचार्य एक बहादुर जिसीले आरोपित शिक्षक न्यौपानेलाइ तपाईं दुइ/ तीन दिन कलेजमा पढाउन नआउनु भनेको र यो कुरा कहिँ कतै सार्वजनिक गरे कक्षा १२ का एक छात्रलाइ शिक्षक न्यौपानेले कलेजबाट नै निष्कासन गरिदिनेसम्मको चेतावनी दिएपछि बिहीबार कलेज तोडफोड भएको थियो ।

बिहीबार एक घण्टा पढेर कक्षा १२ का विद्यार्थीले शिक्षक टंक प्रसाद पराजुलीलाइ घेरा हालेपछि हरी सरलाइ भित्र ल्याइ कोठाभित्र थुनेर राख्यो, एक विद्यार्थी भन्छन् – कलेज प्रशासनले घट्ना गुपचुप बनाउन खोजेपछि हामीले बाध्य भएर कलेज तोडफोड र प्रहरी बोलाउनुपरेको हो ।

आरोपित न्यौपानेलाई अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरले आफ्नु नियन्त्रणमा लिएको जनाएको छ । उनी माथी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । न्यौपाने पक्राउ परेसंगै पराजुलीको पनि म्यासेज बाहिरिएको हो ।

पराजुली माथि पनि छानबिनको माग ।
यता, सोही कलेजका अर्का शिक्षक तथा सेयर होल्डर गोकुल पराजुलीमाथि समेत छानबिन गर्न विद्यार्थीहरुले माग गरेका छन् । सोही कलेजका कक्षा ११ मा पढाउने एक विद्यार्थीलाइ फोन गरेर अश्लील कुरा गर्ने पराजुली माथि समेत छानबिनको माग गरेको हो । नवदिप टेन्ट हाउसका सञ्चालक समेत रहेका पराजुली रत्ननगर नगरपालिकाका मेयर नारायण वनका निकटतम ब्यक्ति हुन् । उनलेे एक विद्यार्थीलाइ सौराहामा आउ, एक रातको कति लिन्छौं भन्दै म्यासेन्जरमा समेत फोटो पठाउने र तिम्रो यो मन पर्‍यो त्यो मन पर्‍यो भन्ने गरेको पीडित विद्यार्थीले बताइन् ।

उनका अनुसार अहिले पराजुली र बिद्यालय प्रशासनले उक्त घट्नालाइ सार्वजनिक नगर्न पीडितलाइ आफुले खुट्टा ढोगेर माफी माग्ने भन्दै केही आर्थिक लोभलालच समेत देखाएको र घट्नालाइ दबाउन खोजेको समेत बुझिएको छ ।

आफूहरुलाई रात बिताउन प्रस्ताव राख्ने र, एक रातको कति लिन्छौंंसम्म पनि भन्ने गरिएको पीडित विद्यार्थीको भनाइ छ । यौन सम्पर्क गर्न दिए प्रश्नपत्र समेत उपलब्ध गराउनेसम्मको लालच देखाउने उनीहरुको आरोप छ । सोही कलेजमा पढाउने शिक्षक न्यौपाने र पराजुलीले पटकपटक अश्लील म्यासेज पठाउने गरेको भन्दै बिद्यालय प्रशासनलाइ समेत जानकारी गराएपनि उक्त घट्नालाइ ढाकछोप बनाउन खोज्नुको साथै, यो कुरा सार्वजनिक गरे विद्यार्थीलाइ बिद्यालयबाटै निष्कासनसम्म गरिदिनेसम्मको धम्की दिने गरेका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545