ड्युटीमा खटिएका प्रहरीलाई घुस दिने खोज्ने ट्रक चालक लुंगेली पक्राउ

चितवन । ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई चितवन प्रहरीले आज (शनिबार) पक्राउ गरेको छ । बिहान अन्दाजी पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरी हवल्दार हरी बहादुर घर्ती मगरलाइ सवारी चेकजाँचका क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने नवलपुर बुलिङटार गाउँपालिका २ देउराली बस्ने ३२ बर्षीया भरत लुंगेली मगरलाइ प्रहरीले पक्राउ गरेको हो ।
हवल्दार धर्ती मगरले ना ३ ख २३२२ नम्बरको ट्रकलाई रोकी कागजपत्र चेकजाँच गर्ने क्रममा उनको साथमा सवारी अनुमतिपत्र थिएनन् । चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीका अनुसार आवश्यक कागजात नभइसकेपछि ट्रकका चालक लुंगेलीले चितवन राईस मिल समितिको चलानी पत्र भित्र एक सय रुपैयाँ घुस दिएपछि उनलाई पक्राउ गरिएको बताए ।
साथै, पक्राउ परेका ट्रक र त्यसका चालकलाई आवश्यक कार्वाहीका लागी अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याईएको उनको भनाइ छ । उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लोपटक चितवन प्रहरीले घुस लिने प्रहरीलाई कार्वाही मात्रै नभइ घुस दिन खोज्नेलाइ सवारी चालकलाई समेत कार्वाहीको दायरामा ल्याएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्