Techie IT
शनिबार, वैशाख ६,२०८२

विद्यार्थीलाइ अश्लील म्यासेज पठाउने शिक्षक पक्राउ, कलेजमा तोडफोड


चितवन । चितवनमा आफ्नै शिक्षकबाट विद्यार्थी असुरक्षित हुनुपरेको घट्ना सार्वजनिक भएको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका १० स्थित पर्सौनीमा रहेको क्रिष्टल कलेजका विद्यार्थीहरु आफ्नै शिक्षक हरी प्रसाद न्यौपानेका कारण असुरक्षित हुनुपरेको घट्ना सार्वजनिक भएको हो ।

न्यौपानेले आफ्नै विद्यार्थीलाइ अश्लील म्यासेज पठाउने गरेको म्यासेज सार्वजनिक भएसँगै ती शिक्षक अहिले थुनामा छन् । उनीमाथि कक्षा ११ र १२ मा अध्ययनरत एक दर्जनभन्दा बढी छात्राहरुलाई अश्लील म्यासेज पठाएको आरोप विद्यार्थीहरुको छ । पीडित विद्यार्थीका अनुसार शिक्षक न्यौपानेले आफ्ना संवेदनशील अंगमा हात लैैैजाने, सुम्सुमाउने र नियतवश स्पर्श गर्ने गरेको बताएका छन् ।

त्यस्तै, शिक्षकले गरेको हर्कतबारे पीडित विद्यार्थीले म्यासेन्जरमा दोहोरो अर्थ लाग्ने भएको संवाद देखाउँदे ‘शिक्षकले आफूहरुलाई रात बिताउन प्रस्ताव राखेको र, एक रातको कति लिन्छौंंसम्म पनि भनेको पीडित विद्यार्थीले बताए । यौन सम्पर्क गर्न दिए प्रश्नपत्र समेत उपलब्ध गराउनेसम्मको लालच देखाएको उनको गुनासो थियो ।’

अभिभावक पछिको दोस्रो घरको रूपमा लिइन्छ बिद्यालयलाइ । तर, सोही कलेजमा पढाउने शिक्षक न्यौपानेले पटकपटक अश्लील म्यासेज पठाउने गरेको भन्दै बिद्यालय प्रशासनलाइ समेत जानकारी गराए पनि बिद्यालय प्रशासनले भने उक्त घट्नालाइ ढाकछोप बनाउन खोज्नुको साथै, यो कुरा सार्वजनिक गरे विद्यार्थीलाइ बिद्यालयबाटै निष्कासनसम्म गरिदिने धम्की दिएपछि विद्यार्थीहरु अहिले आक्रोशित भएका हुन् ।

आक्रोशित विद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका छन् । तोडफोडबाट कलेजको झ्यालका सिसा लगायत भौतिक संरचनामा समेत क्षति पुगेको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाइ रिहाइ र शिक्षकलाइ कार्वाही हुनुपर्ने माग राख्दै विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए । उनीहरुले शिक्षकको अनैतिक क्रियाकलापका विरूद्ध नाराबाजी समेत गरेका थिए । तर, बिद्यालय प्रशासनले भने यसलाई सामान्य भन्दै पन्छिरहेका छन् ।

यता, विद्यार्थीहरुलाइ अश्लील म्यासेज पठाउने शिक्षकलाइ कार्वाहीको माग गर्दै कलेजमा अध्ययनरत विद्यार्थीहरुले शिक्षक हरी प्रसाद न्यौपानेका बिरुद्व प्रहरीमा उजुरी दिएका छन् । उजुरीपछि अहिले न्यौपानेेे लाइ इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको जनाएको छ । उनीमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको (डिएसपी) इन्द्र बहादुर रानाले जानकारी दिए । कलेजमा पार्टटाइम पढाउँदै आएका न्यौपानेको एक श्रीमती र दुइ छोराछोरी छन् ।

पत्रकारलाई प्रवेश निर्षेध !

यसैबीच, घट्नाका बिषयमा यथार्थ बुझ्न बिद्यालय गएका (साझापाना अनलाइनकर्मी) लाइ बिद्यालय प्रशासनले प्रवेश निषेध गरेको छ । सुरक्षार्थ खटिएका सेक्युरिटी गार्ड मार्फत बिद्यालय परिसरभित्र प्रवेश गर्न दिइएको थिएन ।

आफु पत्रकार भएको र संस्थाको परिचयपत्र देखाउँदा समेत बिद्यालयभित्र प्रवेश गर्न नदिनु भन्ने आदेश रहेको भन्दै गार्ड रामभक्त पौडेलले भित्र प्रवेश गर्न दिइएका थिएनन् । बाहिरी गेटबाट भिडियो खिच्ने क्रममा त्यहाँका एक शिक्षकले भिडियो नखिच्नु भन्दै क्यामेरा बन्द समेत गराउन खोजिएको थियो ।

उक्त कलेजमा बर्षेनी लफडा हुने गरेको छ । यस अघि पनि पटकपटक तोडफोड र बिवादका बीच सञ्चालनमा आएको यो कलेज बिहीबार पुनः छात्रा विद्यार्थीलाई यौन दुब्यवहार गरेपछि बिवादतमा तानिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545