Techie IT
शनिबार, वैशाख ६,२०८२

सूचना चुहाएको आरोपमा कप्रका दुइ हवल्दार हटाइए


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको सामान्य प्रशासन शाखामा कायारर्त दुइ जना प्रहरी हवल्दारलाइ हटाइएको छ । केेही दिन अगाडि मात्रै “साझापाना अनलाइन” मा जब प्रहरी आफैं लुटेरा बनेपछि…… भन्ने शीर्षकको समाचार प्रकाशित भएलगत्तै सूचना चुहाएको आरोपमा प्रहरी हवल्दारद्वय अशोक मोक्तान र उत्तम खड्कालाई कर्मचारी प्रशासन शाखा (कप्र) बाट हटाइएको एक जुनियर प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा बताए ।

ती प्रहरी स्रोतका अनुसार पछिल्लो समय चितवन प्रहरी भित्र भइरहेको कामकारबाहीका बिषयमा दैनिकजसो समाचारहरु सार्वजनिक हुन थालेपछि आत्तिएका चितवन प्रहरीले उनीहरुलाइ हटाइएको बताइएको छ ।

ती मध्य हवल्दार मोक्तानलाइ ईलाका प्रहरी कार्यालय गितानगर र खड्कालाइ ईलाका प्रहरी कार्यालय रत्ननगर चितवन पठाइएको छ । उनीहरुलाइ हिजो (मंगलबार) रवाना दिइएको हो । केही दिनभित्रै उनीहरु नियमित काममा फर्किने प्रहरी स्रोतले जनाएको छ । अहिले कप्रमा सइ तारा प्रसाद रिमालको कमान्डमा प्रहरी खटिएका छन् ।

यस अघि सइ लालबहादुर घलान कप्रमा रहेकोमा प्रहरी प्रधान कार्यालयको निर्देशनमा तत्कालीन (एसपी) नान्तिराज गुरुङले उनलाई त्यहाँबाट हटाइएको थियो । उनलाई त्यहाँबाट हटाइएपछि प्रहरी निरीक्षक धर्मराज खत्रीलाई कप्रको इन्चार्ज बनाइएको थियो । यद्यपि, खत्री ९० दिने कमान्डो तालिममा नवलपरासी जर्गाह गएपछि सइ तारा प्रसाद रिमालले नै निमित्त रूपमा कप्र चलाइरहेका छन् ।

केही दिन प्रहरी निरीक्षक स्याम कुमार बस्नेत कप्रमा रहेपनि अहिले उनलाई हटाइएको छ । कप्रमा रिमालले नैै जिम्मेवारी सम्हाल्दै आएका छन् । अहिले चितवन प्रहरीभित्र भए गरेका कामकारबाहीका बिषयमा समाचारहरु सार्वजनिक हुन थालेपछि चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्रोतका अनुसार समाचार कहाँबाट आयो र कसले दिइरहेको छ भन्ने बिषयमा छानबिन समिती समेत गठन गरिएको जनाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545