Techie IT
शुक्रबार, वैशाख ५,२०८२

चितवनमा तीन जना प्रहरी माथि छानबिन गर्न हेड्क्वाटरको पुनः ताकेता


चितवन । प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्दा प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता बनाएपनि त्यसको कार्यान्वयन नहुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको मातहतमा रहेको अमृतचोक प्रहरी बिटमा कायारर्त प्रहरी हवल्दार प्रेमदास श्रेष्ठ र प्रहरी जवान युवराज गिरीले प्रहरी प्रधान कार्यालयको निर्देशन बिपरित सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युनिफर्म सहित फोटो राखेको पाइएको हो ।

२०७३ मा प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट तत्कालीन डीआइजी माधवप्रसाद जोशीले हस्ताक्षर गरेको उक्त पत्रमा नेपाल प्रहरीमा कार्यरत कुनै पनि अधिकृत वा प्रहरी जवानहरुले फेसबुकमा युनिफर्म सहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीर राख्न नपाउने भनी सर्कुलर जारी गरिएको थियो ।

तर, महानिरीक्षकको सचिवालयबाटै आएको यस्तो सर्कुलर र परिपत्रलाई भने चितवन प्रहरीले अझै कार्यान्वयनमा ल्याएको छैनन् । प्रहरी प्रधान कार्यालयकै निर्देशनबिपरित यहाँका दुइ प्रहरीद्वयले फेसबुकमा फोटो पोस्ट गरेको सहजै देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा कुनै पनि प्रहरी कर्मचारीले प्रहरी पोशाकमा सझ्झिएको फोटो राख्न पाइदैन । यदी राखिएको पाइए तत्काल हटाउन महानिरीक्षक को सचिवालयले समेत चेतावनी दिदै आएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सञ्जालमा उक्त कार्य गर्न नपाइने भनी स्पष्ट उल्लेख गरेपनि चितवन प्रहरीमा भने अझै त्यो ब्यावहारीक रुपमा कार्यान्वयन भने हुन सकिरहेको छैन ।

प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालय लाई सर्कुलर जारी गर्दै प्रहरी संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा लाइक, कमेन्ट र सेयर तथा प्रहरी युनिफर्ममा फोटो नराख्न आफ्ना कर्मचारीलाई निर्देशन दिदै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने ‘आचार संहितासम्बन्धी कार्यादेश, २०७७’ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युब लगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न तथा प्रहरी आचारसंहिता २०७१ मा प्रहरीको पोशाकमा फोटो खिचेर फेसबुकमा नराख्न आग्रह समेत गरेको थियो ।

‘प्रहरी संगठनको छवि–क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट, शेयर, ट्याग, कमेन्ट, लिङ्क शेयरिङ, ट्वीट तथा रि–ट्वीट नगर्नु हुन अनुरोध छ’, जारी सर्कुलरमा भनिएको छ । प्रहरीले सुपरीवेक्षण तहमा रहेका अधिकृतहरूलाई त्यसको अनुगमन तथा निर्देशनको जिम्मा दिएको छ । प्रहरी सचिवालयकै निर्देशनलाइ ठाडो चुनौती दिदै हवल्दार श्रेष्ठले फेसबुकमा फोटो राख्ने तथा टिकटकमार्फत अभिनय गर्ने गिरीमाथी अब चितवन प्रहरीले छानबिन गर्छ कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

कार्वाही गर्न हेड्क्वाटरको ताकेता
यसैबीच, प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन तथा निरीक्षाणलय शाखाले फेसबुकमा तस्वीर राख्ने हवल्दार श्रेष्ठ र टिकटक मार्फत अभिनय गर्ने प्रहरी जवान गिरीमाथि अनुसन्धान गरेर सोको सत्य तथ्य प्रतिवेदन पेश गर्न चितवन प्रहरीलाई निर्देशन दिएपनि अझै त्यसको छानबिन भने हुन सकेको छैनन् । तत्कालीन (एसपी) नान्तिराज गुरुङका बिश्वासिलापात्र भएकोले पनि उनलाई त्यतिबेला जोगाइएको थियो ।

प्रहरी प्रधान कार्यालयले छानबिन गरेर नतिजा जाहेर गर्न निर्देशन दिइएको तीन महिना बितिसक्दा समेत घट्नालाइ गुपचुप पार्न खोजिएको भन्दै चितवन प्रहरीलाई पुनः ताकेता गरेको हो । चितवन प्रहरीको कप्र स्रोतले दिएको जानकारी अनुसार प्रहरी प्रधान कार्यालयले दुबै प्रहरीद्वय बिरुद्व पुनः ताकेता आएको बताए । एक प्रहरी भन्छन् : गत, मंसिरमा आएको उजुरीका बिषयमा हालसम्म पनि कुनै नतिजा जाहेर नभएकोले पनि पुनः ताकेता गरिएको छ । त्यस्तै, ती प्रहरी स्रोतका अनुसार सिसिटिभी फाँटमा कायारर्त प्रहरी जवान प्रवीण तिवारीमाथि पनि छानबिन गर्न ताकेता आएको बताए । तिवारी माथी बसमा लगेज छुटेका सेवाग्राहीलाई सामान खोजिदिन सहयोग गरिदिएको भन्दै आर्थिक लाभ लिने गरेको जस्ता उजुरी परेको र सोको नतिजा हालसम्म प्राप्त नभएकोले पनि मुख्यालयले ताकेता गरेको हुन सक्ने एक प्रहरीले आफ्नु नाम नबताउने सर्तमा बताए ।

को हुन् श्रेष्ठ ?
गत, भाद्रमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा भरतपुर २५ मा रहेको अस्थायी प्रहरी बिट अमृतचोकबाट जिल्ला प्रहरी कार्यालय तानेर पुनः सोही ठाउँमा इन्चार्ज बन्न सफल भएका एक भाग्यमानी प्रहरी हवल्दार हुन् : प्रेमदास श्रेष्ठ ।

ईलाका प्रहरी कार्यालय सिक्रेपुरी नुवाकोट दरबन्दी भइ चितवनमा कायारर्त हवल्दार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रहरी निरीक्षक शेखर कुमार शाहले “अन दि ड्युटी” मा नै मापसे गरेको भन्दै जिल्लाको मोबाइल गाडीमा हालेर ल्याएका थिए । उनी संगै जिल्ला तानिएका अन्य ३ जना प्रहरी जवानको पनि मेडिकल जाँच गरियो । सो, क्रममा उनलेे मापसे गरेको पनि पुष्टि भयो । तर, मापसे गरेको ब्यक्तिलाइ दरबन्दीमा रवाना गर्नुको सट्टा उल्टो सोही क्षेत्रको जिम्मेवारी दिइएको थियो ।

जब की प्रहरी नियमावली २०७१ को दफा ११३ को खण्ड (ग) मा ड्युटीको समयमा मादक पदार्थ सेवन गरेमा सेवाबाट हटाउन वा बर्खास्त गर्न समेत सकिने भनी स्पष्ट उल्लेख गरिएको छ । तर, उनलाइ भने सामान्य नसिहेत मात्रै दिएर जोगाउने काम गरियो । तत्कालीन एसपी नान्तिराज गुरुङको आदेशमा डेढ महिना पछि (डिएसपी) तथा प्रहरी प्रवक्ता समेत रहेका सुर्य बहादुर थापाले नै श्रेष्ठलाइ त्यहाँको रवानामा सहि गराई पठाइएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545