दुर्लभमाथि भएको आक्रमणको अनेरास्ववियुद्वारा भत्सर्ना, दोषीलाई पक्राउ गर्न चितवन प्रहरीलाई २४ घण्टा अल्टिमेटम

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनले आफ्ना केन्द्रीय सदस्य दुर्लभ शाहीमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।
युनियनका सह-संयोजक बसन्त आचार्यले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै शाहीमाथि भएको आक्रमणको घटना प्रति भर्त्सना गरेका हुन् ।
घट्ना घटेको तीन दिन बितिसएक्दा समेत चितवन प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु चितवनले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, उसले घटनाका दोषी लाई २४ घण्टा भित्र पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ । अनेरास्ववियु चितवनले २४ घण्टा भित्र दोषीलाइ पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीमाथि गत, फागुन १४ गते (शुक्रबार) राती साँढे १० बजेको समयमा इच्छाकामना गाउँपालिका ७ स्थित आफ्नै घरमा सुतिरहेको समयमा आक्रमण भएको थियो । आक्रमणमा सोही गाउँपालिकाका मिलन गुरुङको नेतृत्वमा आएका २०/२५ जनाको समूहले घेरा हाली ढुंगा, मुढा सहित सांघातिक आक्रमण गरेको आरोप अनेरास्ववियुको छ । उनीमाथि घरेलु हात हतियारबाट आक्रमण भएको जनाइएको छ । उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्