Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको अधिवेशन आह्वान


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे अन्तर्राष्टिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्का सिफारिशमा उहाँले सो अधिवेशनको आह्वान गर्नुभएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##अधिवेशन आह्वान, #breaking, #राष्ट्रपति विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545