Techie IT
शुक्रबार, चैत्र २८,२०८१

भरतपुरबाट लागूू औषध सहित दुइ जना पक्राउ


चितवन । चितवन प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको नियमित गस्ती टोलीले शनिबार साँझ सवा ५ बजे भरतपुर महानगरपालिका ११ स्थित प्रगतिपथबाट लागूऔषधसहित एक जना र शुक्रबार राती नारायणगढबााट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका १२ का ३७ वर्षीय राजकुमार थापा र भरतपुर महानगरपालिका १३ का २२ वर्षीय सुनिल विक रहेका छन् ।

थापा शंकास्पद रुपमा साइकलमा सवार रहेका थिए । उनको साथबाट प्रहरीले डाइजेपाम ११ थान, नुरफिन ११ थान र फेनारगन ११ थान बरामद गरेको थियो भने, अर्का विकलाई शुक्रबार राती साँढे नौ बजे गोप्य सूचनाको आधारमा भरतपुर महानगरपालिका १ स्थित पुलचोकबाट पोखरा बसपार्क जाने सडकको पेटीमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा शरीर खानतलासी गर्दा फेनारगन ८४, डाइजेपाम ८४ र नुरफिन ८४ गरी जम्मा २५२ एम्पुल लागूऔषध बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई सम्मानित चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहको चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545