चितवनमा घुमुवा प्रहरीको जम्बो टोली खारेज

चितवन । सूचना संकलनको उपनाम दिएर घुमुवामा खटिएका प्रहरीहरु आफैं लुटपाटमा संलग्न भएको पाइएपछि चितवनमा परिचालित घुमुवा प्रहरीहरुको जम्बो टोली शुक्रबारदेखि खारेज भएको छ । सूचना संकलनको नाममा घुमुवामा खटिएका प्रहरीहरुका बारेमा धेरै नै गुनासो आएपछि घुमुवा प्रहरी हटाइएको स्रोत बताउँछ ।
बिहीबार साँझ कौडा खेल्न गएका केही समूहलाइ पक्राउ गर्नुको सट्टा उल्टै पैसा, मोबाइल लगायतका सामाग्रीहरु घुमुवा प्रहरी जवानद्वय दीपक खनाल र रामकुमार बिक आफैंले लुटेको घट्ना सार्वजनिक भए पछि चितवनमा घुमुवा प्रहरीहरु खारेज भएको हो ।
स्रोतका अनुसार प्रहरी जवानद्वयले भने आफुले पैसा नलुटेको र घट्नास्थलमा भने आफु उपस्थित भएको बयान दिएका छन् । चितवनका तत्कालीन प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङका बिश्वासपात्र समेत रहेका यी दुइ घुमुवाहरु बदनाम रहेको प्रहरी स्रोत बताउँछ । यसअघिका एसपी गुरुङले दुइ असईद्वयको कमान्डमा १६ जना प्रहरीलाई आर्थिक संकलनका लागी घुमुवामा परिचालन गर्दै अतिरिक्त असुुुली धन्दा मच्चाएका थिए । जसमा यी दुई जवानद्वय समेत रहेेेका थिए ।
त्यसमध्य आधा दर्जन भन्दा बढी घुमुवा प्रहरीलाइ हाल हटाइएको हो । स्रोत भन्छ : अहिले असई ठाकुर पनेरुको कमान्डमा दुइ जना प्रहरी जवानद्वय घुमुवामा खटिएका छन् । ती मध्य एक जना प्रहरी जवान डिल्ली बुढाथोकी हुन् भने, अर्का प्रहरी जवानको नाम खुल्न सकेको छैनन् । प्रहरी जवान बुढाथोकी अहिले पाँच दिने बिदामा घर गएको कर्मचारी प्रशासनका एक प्रहरीले आफ्नु नाम नबताउने सर्तमा बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्