जब प्रहरी आफैं लुटेरा बनेपछि…….

चितवन । शान्तिसुरक्षा नियन्त्रण गनुपर्ने प्रहरी आफैं नै लुटेरा बन्छन् भने आम नागरिकले सुरक्षाको अनुभुती कसरी गर्ने ? हो, यस्तै भएको छ चितवनमा जुवा खेल्न गएका ब्यक्तिलाइ पक्राउ गर्नुपर्ने स्वयं प्रहरीले नै उनीहरु लाइ पक्राउ नगरी पैसा लुटपाटमा संलग्न भएपछि घुमुवा प्रहरीहरुको असली नियत छताछुल्ल भएको हो ।
हिजो (बिहीबार) साँझ भरतपुर महानगरपालिका ११ स्थित गोर्खालीटोलमा केही समुह जुवा खेल्न जाँदै थिए । त्यसको सूचना चितवनका दुइ जना घुमुवा प्रहरीहरुले पनि पाए, जुवा खेल्न गएका समूहलाइ पक्राउ गरेर कानुनी कठघरामा उभ्याउनुपर्ने स्वयं प्रहरी नै पैसा लुटेर भागेका थिए ।
कप्र स्रोतका अनुसार कौडा र अन्दाजी ७० हजार रुपैयाँ बाटोबाटै लुटेर लैजाने घुमुवा प्रहरी जवानद्वय दिपक खनाल र राजकुमार बिकलाइ चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीको ठाडो आदेशमा घुमुवाको जिम्मेवारीबाट हटाइ छानबिन थालिएको हो ।
लुटपाटमा संलग्न भएका प्रहरीद्वय यसअघिका (एसपी) नान्तीराज गुरुङका बिश्वासिला घुमुवा थिए । उनीहरुको कमाण्डर असइद्वय सुरज रिमाल र ठाकुर पनेरु रहेका थिए । रिमाल २१ दिने सिन्धुली तालीममा गएपछि पनेरुले घुमुवाको नेतृत्व गर्दै आएका थिए । यसअघिका एसपी गुरुङले परिचालन गरेका उनीहरु सादा पोशाकमा खटी अतिरिक्त अशुली धन्दामा सक्रिय रहदै आएको स्रोत बताउँछ । उनकैको कार्यकालमा दुइ सातामा तीन जना घुमुवा प्रहरीलाइ हेड्क्वाटर नै तानियो भने, २,१०० सय रुपैयाँ घुस लिएको आरोपमा तीन जना प्रहरीलाइ प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएर निलम्बन गरेको थियो ।
अपराध नियन्त्रणका लागी घुमुवामा परिचालित यहाँका केही प्रहरी आफैं लुटेरा बन्नुको घट्नाले पनि चितवनमा प्रहरीले नियन्त्रणमा लिने शान्तिसुरक्षा प्रति आम नागरिकले शंका समेत गर्न थालेका छन् । घुमुुुवा प्रहरी आफैं नै लुटपाटमा संलग्न भएपछि अहिले चितवनमा घुमुवा प्रहरीहरु तितरबितर भएको स्रोत बताउँछ ।
उनीहरुलाइ अहिले घुमुवाको जिम्मेवारीबाट हटाइएको छ भने, बिहीबारकै घट्नाले घुमुवामै रहेकी बदनाम प्रहरी जवान कल्पना घिमिरेलाइ ईलाका प्रहरी कार्यालय फुलबारी पठाइएको छ । त्यस्तै, अन्य प्रहरीलाई समेत चुस्ता लगाइ गेट बाहिर निस्किन दिइएको छैनन् । घिमिरे तत्कालीन एसपी गुरुङका बिश्वासिला घुमुवा थिए । अदालतमा गेट ड्युटी गर्दै आएका उनलाई एसपी गुरुङको निर्देशनमा ६ महिनाअघि मात्रै घुमुवामा खटाइएको थियो ।
बदनाम भएपछि उनलाई हटाइएको छ । यस बिषयमा चितवन प्रहरीले आफ्नु कुनै पनि आधिकारिक सूचना सार्वजनिक गरेको छैनन् भने, घट्नालाइ गुपचुप पार्न खोजिएको एक जुनियर प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्