‘आजादको’ को ४०औँ स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

सिन्धुली । शहीद ऋषिराज देवकोटा ‘आजाद ’को ४०औँ स्मृति दिवसका अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीहरुको स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरेको हो ।
अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको सङ्गठनका प्रमुख महेन्द्रदेव श्रेष्ठले जानकारी दिए । उनले भने , ‘पार्टीका नेता, कार्यकर्ता शुभेच्छुक र शहीद ‘आजाद’ लाई नजीकबाट चिन्ने व्यक्तिहरुको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका छौँ ।’
‘आजाद’ को सम्झनामा नेकपाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । नेकपाको पाँचौँ महाधिवेशनमा पोलिटब्यूरो सदस्यमासमेत निर्वाचित भएका देवकोटाको पञ्चायतकालीन समयमा आन्दोनको मध्यकमान्ड सम्हाले कै बेला २०३१ साल फागुन १२ गते हत्या भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #आजादको’ को ४०औँ स्मृति, #सिन्धुली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्