Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ को संयोजकमा दिपक निरौला


 

 

 

काठमाडौं ,फागुन १०

 

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ मा संयोजकको जिम्मेवारी बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलालाई प्रदान गरिएको छ। नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक चयन गरेको थियो।

काठमाडौं महानगरपालिका वडा नं २,३,४,५ बुढानिलकण्ठ नगरपालिका वडा नं ३,४,५,६,७ र टोखा नगरपालिका वडा नं २ ,३,४,५,६,७ रहेको काठमाडौं क्षेत्र नं ५ को प्रदेस सभा २ बाट प्रदेस सभामा निर्वाचित निरौला २०७४ शालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष रहेका थिए।

संयोजकको जिम्मेवारी प्राप्त गरे संगै क्षेत्रका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु, नगर अध्यक्ष सहितको बैठक क्षेत्रिय कार्यालयमा बसि १५ बटा शाखाको बैठक राखेर निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको निरौलाले जानकारी दिएका छन।निर्वाचन क्षेत्रमा शाखा ,इलाका हुदै जिल्ला कमिटी सदस्य रहेका निरौला विद्यार्थी आन्दोलनमा पनि सक्रिय रहेका थिए।

काठमाडौं क्षेत्र नं ५ का सांस्कृतिक ,धार्मिक र पर्यटकीय स्थलहरुको प्रवर्धनका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएका निरौलाले क्षेत्रमा अब निर्वाचन केन्द्रित काममा सक्रिय हुने बताएका छन।


क्याटेगोरी : समाचार
ट्याग : #दिपक निरौला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545