बिना ईजाजतका औषधी ओसारपसार गर्ने तीन जना पक्राउ

चितवन । चितवन प्रहरीले बिना ईजाजतका औषधी ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने बर्ष ३० को दिनेश तामाङ, भरतपुर महानगरपालिका वडा नंम्बर ३ बस्ने बर्ष २२ को प्रदिप विश्वमकर्मा र भरतपुर महानगरपालिका वडा नंम्बर २ बस्ने बर्ष १८ को समिर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार लागूपदार्थको रूपमा प्रयोग गराउने उद्देश्यका साथ बिना ईजाजतका औषधीहरू बिक्रीबितरण गर्ने गरेको भन्ने विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका मध्य भरतपुर महानगरपालिका वडा नंम्बर ३ कमलनगर बस्ने दिनेश तामाङको डेरा कोठामा खानतलासी गर्दा ट्रमा ११६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेटसहित उनलाई पक्राउ गरेको जनाइएको छ । त्यस्तै, तामाङकै कोठामा रहेका समिर तामाङको साथबाट प्रहरीले पाँच हजार ३२५ रुपैयाँ नगदसहित मोबाईल एक थान र प्रदिप विश्वकर्माको साथबाट एक लाख २९ हजार ८२२ रुपैयाँ नगद, मोबाईल एक थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रम्मा प्रदिप विश्वकर्माले भरतपुर महानगरपालिका वडा नंम्बर ३ मा रहेको आफ्नो कोठामा समेत बिभिन्न औषधीहरू लुकाई राखेको भन्ने बयान दिएपछि उनको कोठामा समेत खानतलासी गर्दा ट्रमा ८७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र एघार हजार रुपैयाँ नगद समेत बरामद गर्न सफल भएको चितवनका प्रहरी प्रमुख (एसपी) अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरु माथि थप आवश्यक कार्वाहीका लागी औषधी, नगद सहित उनीहरुलाइ औषधी व्यवस्था बिभाग शाखा कार्यालय पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्