Techie IT
शुक्रबार, चैत्र २८,२०८१

राधाकृष्ण नगर सुधार संस्थाको ५ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । नगार्जुन नगरपालिकाको वडा नम्बर १ र काठमाडौं महानगरपालिकाको वडा नमबर १६मा पर्ने राधाकृष्ण नगर अन्तर्गतको राधाकृष्ण नगर सुधार संस्थाको ५ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

यहि फागुन ८ गते शनिवार यस संस्थाका अध्यक्ष समाजसेवी पद्मनाथ साप्कोटाको सभाध्यक्षता र नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा राधाकृष्ण मन्दिर परिसरको सभाहलमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले चुनावी प्रकृयाबाट १५ सदस्सीय नयाँ कार्यसमिति चयन गरको छ । नव गठित समितिको कार्यकाल ३ वर्षको रहने छ ।

कर्यक्रममा नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बाहादुर बस्नेतले नगरको विकासका लागि नगरपालिका  नगरबासीको साथमा रहेको र नगरबासीले प्रत्यक्ष अनुभूति गर्ने गरि काम गरेर भविश्यमा सबै नगरपालिकामध्येमा उदाहरणीय नागार्जुन नगरपालिका बन्न सक्ने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो , “व्यक्तिगत स्वार्थबाट माथि उठेर हामीले गरेका काममा यस क्षेत्रका सबै टोलबासीले सहयोग गर्नका साथै सबैसँगको  ससमन्वय र सहकार्यका कारण आज नगरबासीले विकासको प्रत्यक्ष अनुभूति गरिराख्नुभएको छ ।  संविधान विघटनप्रति कटाक्ष गदै उहाँले देशमा कोरोना भाइस र यसले निम्त्याएको विषम परिस्थितिका बेला सबै राजनीतिक दलले दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नु पर्नेमा सो नभएको मा दुःख व्यक्त गर्नु भयो । साथै उहाँले  सबैलाई स्वार्थ भन्दा माथि उठेर विकास निर्माणमा जुट्न आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा नगर उपप्रमुख शुसिला अधिकारीले यस क्षेत्रका सचेत नागरिकहरुको पहलका कारण नगरका विभिन्न टोल वा वडा मध्ये यस टोल र १ नम्बर वडामा विकास निर्माणका कामले तिब्रता पाउनुका साथै आवश्यकताकालाई मध्येनजर गरेर यो वर्ष पनि केही बजेट विनियोजन गरेको बताउनु भयो । यस क्षेत्रभित्र रहेको खानेपानीको समस्याप्रति चिन्ता व्यक्त गदै उपप्रमुख अधिकारीले नासिढोका खानेपानीसँगै पानीको अर्का थप स्रोत पहिचान गरि पानीको समस्यालाई समाधान गर्न नगरपालिका र टोलबासी सबै एकजुट भइ लाग्न अनुरोध गर्नु भयो ।
यसै गरि यसै क्षेत्रका बासिन्दा तथा नेपाल सरकारका उपसचिव यज्ञ ढकालले नासिढोका खानेपानी आयोजना र यहाँको तदर्थ समिति मिलेर एडिबी र नेपाल सरकारले ९५ प्रतिशत तथा ५ प्रतिशत लागत उपभोक्ताले व्यहोर्ने गरि योजना अगाडी बढाउँदा योजना सफल हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नु भयो ।

त्यस्तै पूर्व मन्त्री पशुराम तामाङले नगरपालिका यस टोल सुधार संस्थाले समाजको विकासकालगि गरेको योगदानको प्रशंसा गदै आफ्नो तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

त्यस्तै लुम्बीनि विकास वैंकका प्रतिनिधि उमेश रेग्मीले यस क्षेत्रमा बसोबास गर्ने र व्यापार तथा व्यवसाय गर्ने चाहानेहरुका लागि बंैकले लोन तथा कर्जा उपलब्ध गराउन बैंक तयार रहेको जानकारी गराउनु भयो ।
वडा नम्बर १ क वडा सदस्य रामेश्वर लामाले यस संस्थाले तय गरेको लक्ष्य अनुसार काम गरेमा प्रसंसा गदै विकासका काममा यो र त्यो पार्टी नभनि हाम्रो हैन राम्रोलाई प्रोत्साहन गदै हातमा हात र काँधम काँध मिलाएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका विभागिय प्रमुख दिपक अधिकारीले समाज विकासमा समाजका प्रत्येक व्यक्तिको उत्तिकै ठुलो भूमिका हुने हँुदा नेतृत्वको मात्र मुख नताकेर सबै हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
कर्यक्रममा उपस्थित सबैलाई स्वगत गदै संस्थाका उपाध्यक्ष तथा समाजसेवी अर्जुन अधिकारीले संस्थाले आफ्नो स्थापनाकालदेखि नै खानेपानी र बाटोलाई अति आवश्यक कुरालाई प्राथमिकतामा राखेर काम गदै आएको औल्याउँदै ्रक्षेत्रभित्र नयाँ र पुराना बासिन्दामा कुनै विभेद हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

यसै गरि संस्थाका सल्लाहाकार तथा समाजसेवी कृष्ण प्रसाद सिमखडाले समितीको औचित्य माथी प्रकाश पादै यस क्षेत्रको खानेपानी समस्या समाधानको लागि सबै मिलेर लाग्नु पर्ने बतउनु भयो ।

कर्यक्रममा अध्यक्ष पद्मनाथ साप्कोटाले संस्थालाई गतिशिल र दिगो बनाउन नेतृत्वले सबैलाई मिलाउँदै स्थानिय सरकारसँग समेत समन्वय गरेर अगाडी बढ्न जरुरी हुने कुरामा जोड दिनु भयो ।

कर्यक्रममा राधाकृष्ण नगर सुधार सँस्थाको अगुवाइमा राधेकृष्ण वचत तथा ऋण सहकारी संस्था र लुक्बिनी विकास वैंकले नर्सरीचोकदेखि माइक्रोपार्क सम्मको मूल सडकको दायाँ बायाँ फोहोर संकलनका लागि ७० वटा डस्बिन राख्न लुम्बिनि विकास वैंकका प्रतिनिधि उमेश रेग्मीले  राधाकृष्ण नगर सुधार संस्थाका अध्यक्ष पद्मनाथ साप्कोटालाई  हस्तान्तरण गर्नुभएको थियो ।
कर्यक्रममा  वडा नक्बर ६ का वडा अध्यक्ष , वडा नम्वर १ क जनप्रतिनिहिरु नेप्से म्याकका प्रतिनिधि , कामपा १६ का वडा अध्यक्ष , रानीवन प्रहरीवृत्तका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका बौद्धक व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो ।

 


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##राधाकृष्ण नगर सुधार संस्था, #५ औं वार्षिक साधारण सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545