प्रधानमन्त्री ओलीले सत्तामा पुगेर जनता र समाजबाद बिर्सिए : नेकपा नेता नेपाल
दाहाल समुहको नेकपा संखुवासभाको बृहत जनसभा ( फोटो फिचर )

दाहाल समुह नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सिंगो देशलाई आगो लगाएको आरोप लगाएका छन् ।
उँहाले आगो लगाउने अधिकार प्रधानमन्त्रीलाई नभएको दाबी गरे । दाहाल समुहको नेकपा संखुवासभाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै नेपालले जनता र समाजवाद सत्तामा पुगेर ओलीले बिर्सिएर मनपरी गर्न थालेको बताए । नेपालले ओलीले प्रधानमन्त्रीको गरिमा राख्न नसकी धज्जी उडाएको पनि बताए ।
ओलीको गफ र उखानटुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै उनलाई ‘हिटलर’ को उपमा दिनुभयो । नेता नेपालले स्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको उल्लेख गरे । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि पूरै विश्वास रहेको बताए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको पनि नेपालले बताउनुभयो ।
जनसभालाई सम्बोधन गर्दै नेकपाका अर्का नेता बर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे। पुनले हुँदा हुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भंग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे । उनले सर्वोच्च अदातलको निर्णय पर्खेर बसेको बताए । सभालाई रामकुमारी झाक्री, राम कार्की, परशुराम मेघी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #नेकपा संखुवासभा, #माधब कुमार नेपाल, #माधब प्रचण्ड पक्षको कार्यकर्ता भेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्