Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सरकारसँग वार्ताका लागि विप्लव समूह सकारात्मक


काठमाडौं, ८ फागुन । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताएको छ ।

शनिबार सो समूहका महासचिव समेत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाउ दिएका हुन् ।

‘हाम्रो क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

हेर्नुहोस् विज्ञप्ति–

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545