Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सवारी दुर्घटना न्युनीकरणका लागी चितवन प्रहरीको सचेतनामुलक र्‍याली


चितवन । चितवन प्रहरीले सवारी दुर्घटनालाई न्युनीकरणका लागी सचेतनामुलक र्‍यालीको आयोजना गरेको छ ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत आज (शुक्रबार) माडी नगरपालिकामा ईलाका प्रहरी कार्यालय माडी, प्रहरी चौकी कल्याणपुर खैरहनी र श्री खैरहनी मा.वि.को संयुक्त सहकार्यमा वडाका प्रतिनिधी, स्थानीय अभिभावक र खैरहनी मा.वि. का शिक्षक-शिक्षिका तथा विद्यार्थीहरु समेतको आयोजनामा सचेतनामुलक र्‍यालीको आयोजना गरिएको हो ।

खैरहनी मा.वि.बाट सुरु भएको र्‍यालीमा झन्डै ४५० जनाको सहभागिता रहेको थियो भने, र्‍याली सिधुवा चोकसम्म पुगेर सवारी दुर्घटना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेर दिउँसो तीन बजे समापन गरिएको थियो । पछिल्लोपटक चितवन जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरणमा लिन सचेतनामुलक र्‍यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545