प्रजातन्त्र दिवसको अवसरमा संखुवासभा कारागारका ७ कैदी छुटे

खाँदबारी : संखुवासभा जिल्ला कारागारबाट प्रजातन्त्र दिवसको अवसरमा ७ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका उनीहरुलाई सरकारले प्रजतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेर रिहा गरेको हो ।
रिहा हुनेहरुमा धर्मदेबी नगरपालिका १ का चिरन्जिबी अधिकारी, लक्ष्मण राई मकालु गाउँपालिका ४, केदार पन्त सभापोखरी, ईन्द्र तामांग मकालुगाउपालिका, धनबहादुर राई चिचिला गाउँपालिका, कमल बहादुर दाहाल चैनपुर नगरपालिका र मदन कुमार लिम्बु तेरथुमका रहेको जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीले जानकारी दिनुभयो । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको जेलर अधिकारीले बताउनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवस तथा गणतन्त्र दिवसको दिन जघन्य अपराध गरेकाबाहेक अन्य प्रकृतिका कैदीहरुको ५० प्रतिशत कैदी मिनाहा भएका र अन्य चालाचलन राम्रो भएको मूल्यांकनको आधारमा बाँकी कैद मिनाह गरेर रिहा गरिँदै आएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ कार्यालय र जिल्ला अस्पताल संखुवासभाको समन्वयमा जिल्ला कारागारमा कैद भुक्त्तान गर्दै आएका एक सय तेत्तिस जना कैदीबन्दीहरुको स्वास्थ परिक्षण समेत गरिएको छ । कैदीहरुको क्षयरोग, जन्डिस, ब्लडप्रेसर सुगर लगायतका स्वास्थ परिक्षण गरिएको जेलर अधिकारीले बताउनुभयो ।
क्याटेगोरी :
समाचार
ट्याग : #जिल्ला कारागार संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्