एसपी अधिकारीको पहिलो सफलता : बृद्वको हत्यामा संलग्न एक जना पक्राउ

चितवन । चितवन प्रहरीले एक वृद्धाको हत्यामा संलग्न एक जनालाइ पक्राउ गर्न सफल भएको छ । चितवनको प्रहरी प्रमुखका रूपमा (एसपी) ओमप्रसाद अधिकारीले जिम्मेवारी सम्हालेको एक साता नबित्दै एक वृद्धको हत्यामा संलग्न मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया सविना सुनार भनिने शोभा विक लाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलन मार्फत भरतपुर महानगरपालिका ९ की ७४ वर्षीया बाबाहजुर थापाको हत्यामा संलग्न बिकलाई लामो समयको अनुसन्धान पछि चितवन प्रहरीले गत फागुन २ गते पक्राउ गरेको भए पनि हत्या स्वीकार गरेकोले आज मात्रै सार्वजनिक गरिएको बताए । अनुसन्धानका क्रम्मा पटके चोरीमा संलग्न हुँदै आएकी उनलेे चोरीका लागी नै थापाको हत्या गरेकी थिइन् ।
पक्राउ परेकी बिकले गत, असोज ७ गते मृतक वृद्धाको घरमा पुगेर मोबाइल र गरगहना लुटपाट गरी हत्या गरेकी थिइन् । उनलाइ सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्