शान्तिसुरक्षालाइ नियन्त्रणमा लिन कुनै कसुर बाकी राख्दिनँँ – एसपी अधिकारी

चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम गर्न आफुले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
आज (बिहीबार) यहाँका पत्रकारहरुसँग कुराकानी गर्दै (एसपी) अधिकारीले आफुलाइ नेपाल सरकार र विद्यमान ऐन कानुनले उपलब्ध गराएको जिम्मेवारीलाइ अक्षरंश पालना गर्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढाउने बताएका हुन् ।
यहाँका पत्रकारहरुसंग गरिएको अन्तरक्रियाका क्रम्मा (एसपी) अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम राख्न आफुले कुनै कसुर बाँकी नराख्ने बताउदै आफु गफ भन्दा पनि काममा बढी केन्द्रित हुने बताए ।
वाग्मती प्रदेशभर गरिएको मुल्यांकनका क्रम्मा चितवन जिल्ला शान्तिसुरक्षाको दृष्टिकोणले समेत अत्ति नै चुनौतीपुर्ण रहेकोले प्रहरीको जनशक्ति कम भएपनि त्यसको बाबजुद आम नागरिकलाई सुरक्षा दिन आफु पछि नहट्ने बताए । आफु आइसकेपछि जिल्लामा अवैध रूपमा खोलानालामा उत्खनन हुनुका साथै, होटलहरुमा समेत यौनधन्दा हुने गरेको भन्ने सूचना प्राप्त भएको भन्दै त्यसको बुझ्ने समेेत कार्य भइरहेको उनलेे बता। साथै, उनलेे त्यस्ता अवैध कुनै गतिविधि भए वा प्रहरी कर्मचारीका बारे कुनै कमी कमजोरी भए सूचना दिएर सहयोग गर्न समेत सबैमा अपिल गरेका छन् । एसपी अधिकारी गत, फागुन २ गते जुनियर प्रहरी शिक्षालय तालिम केन्द्र भरतपुरबाट चितवनको प्रहरी प्रमुखको रूपमा आएका हुन् । यसअघि उनले गोर्खाको प्रहरी प्रमुखका रूपमा समेत काम गरिसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्