Techie IT
शनिबार, वैशाख ६,२०८२

धादिङको निलकण्ठ–९ पाल्पा भञ्ज्याङमा बस पल्टियो , आठ जना घाइते , एकको अवस्था गम्भीर


धादिङ। धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ को पाल्पा भञ्ज्याङमा बस पल्टिँदा ८ जना घाइते भएका छन्।

ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौँका लागि छुटेको बा ४ ख ४१५२ नम्बरको बस बिहीबार अपराहृन ११ बजेतिर अनियन्त्रित भई बीच सडकमै पल्टिएको  र दुर्घटनामा ८ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।
घाइते हुनेहरूमा ज्वालामुखी–७ की ८४ वर्षीय हरिमाया गुरुङ, ज्वालामुखी–६ का २२ वर्षीय विकास श्रेष्ठ, सोही स्थानका २२ वर्षीय रिदम नगरकोटी, ५६ वर्षीय यम श्रेष्ठ, ३७ वर्षीया लक्ष्मी गुरुङ, १५ वर्षीय अनन्य लिम्बु , नीलकण्ठ–११ की १७ वर्षीया सीमा मानन्धर र सोही स्थानकी ४३ वर्षीय सीता मानन्धर रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये ज्वालामुखी–६ का २२ वर्षीय रिदम नगरकोटीलाई थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको र अन्य घाइतेहरूको भने धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #hot, #बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545