मृत्युपछि शरीर दान दिने शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीको घोषणा

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन् । शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा नइ प्रकाशनले आयोजना गरेको कार्यक्रममा उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।
चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूको भनाइ छ । सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् भने पत्नी राधादेवी ९७ वर्षकी भइन् । दम्पतीले आ(आफ्नो भौतिक शरीर मृत्युपछि किष्ट मेडिकल कलेजलाई दान दिने बताएका छन् । दम्पतीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रमा उनीहरूका छोरा अनुपराज जोशीको सहमतिको समेत हस्ताक्षर छ ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा कार्यक्रम आयोजना गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्यमोहन जोशी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्