शुभगुरु सुनचादी गृहका सञ्चालक द्वारा शुभगुरु फाउण्डेशनको स्थापना
अन्तराष्ट्रिय स्तरको सुनचाँदीको गरगहना बनाउने सिप र कला सिकाएर नेपाली कालीगढ तयार गर्न शुभागुरु फाउन्डेसनको स्थापना ।

काठमाडौं।
सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सिप विकास गर्ने उदेश्यले शुभगुरु फाउण्डेशन स्थापना भएको छ । अन्तराष्ट्रिय स्तरको सुनचाँदीको गरगहना बनाउने सिप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने फाउण्डेशनले जनाएको छ । शुभगुरु सुनचादी गृहका सञ्चालकद्धय सूर्य बराल र राधा गुरुङको २५ औं विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशनको स्थापना गरिएको हो ।
फाउण्डेशन स्थापनाको जानकारी दिन विहिबार आयोजित कार्यक्रमको उद्द्घाटन गर्दै नेपाल सुनचादी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सिप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु सुनचादी क्षेत्रका लागि महत्वपूर्ण थालनी भएको बताउनु भयो। निजिस्तरबाट गरिएको अभियानको प्रशंसा गर्दै अध्यक्ष महर्जनले राज्यले सुनचादी क्षेत्रमा भएका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको बताउनु भयो । अध्यक्ष महर्जनले सुनचाँदी व्यवसायमा व्यवसायीको आर्थिक र सामाजिक उन्नती भएपनि यस व्यवसायमा अहोरात्र खटिने कालिगढको क्षमताको उचित मुल्यांकन नभएको अवस्थामा फाउण्डेशनको यो सानो प्रयास कोषेढुंगा भएको भन्दै प्रशंसा गर्नुभयो ।
फाउण्डेशनका संयोजक सूर्य बरालले सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढ र ब्यवसायीहरुको ज्ञान, सिप, कला र विद्दताको सम्मान गर्दै सुनचाँदी व्यबसाय क्षेत्रको वृहत्तर विकास, सम्बर्धन, संरक्षण गर्नुपर्ने बताउनु भयो। गहनाको परम्परागत निर्माण शैलिलाइ आधुनिकीकरण र सहजिकरण गर्न आवस्यक पर्ने औजार र मेसीन खरिद गर्न सहयोग गर्नेमा बरालले जोड दिनु भएको छ। उहाले गरिव, पिछडिएका र द्वन्दपिडित वर्गका लागि सिपविकास गर्न ईच्छुक विद्यार्थीहरुलाई कालिगढी क्षेत्रमा सिप सिक्नका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम रहेको जानकारी दिनुभएको छ।
फाउण्डेशनले कालिगढको सिप विकासका लागि दश लाख २५ हजार २५ रुपैयाको अक्षयकोष खडा गरेको छ भने उनिहरुको सिप र क्षमताको कदर गर्दै बार्षिक रुपमा पुरस्कृत गरिने जानकारी समेत दिएको छ ।
नेपाल सुनचाँदी कला व्यवसायी संघका केशर सेञ्चुरी, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष द्धारिकालाल शंकर, नेपाल सुनचाँदी कला व्यवसायी संघका निर्देशक हरि रसाइली, नेपाल सुनचाँदी कालिगढ संघका अर्जुन विश्वकर्माले नेपालमा कार्यरत ४ लाख कालिगढको विषयमा अहिलेसम्म कुनै मुर्त कार्यक्रमहरु नभएको अवस्थामा एउटा पसलको पहलमा स्थापना गरिएको फाउण्डेशनको उदेश्य र सोच महत्वपूर्ण भएको बताएका छन्। उहाहरुले कालिगढको सिप र क्षमता विकासका लागि आवश्यक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सुनचाँदी व्यवसायसग सम्वन्धित सम्पूर्ण संस्थाहरु फाउण्डेशनसग साथ र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा संखुवासभाका पूर्व सांसद डेडराज खड्काले फाउण्डेशनका सञ्चालकहरुको समाजमा केही गरौ भन्ने हुटहुटी फाउण्डेशन मार्फत पुरा हुने बताउदै सुनचाँदी व्यवसायलाइ अझ मर्यादित र सम्मानित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उपस्थित अतिथि र सहभागिलाइ स्वागत गर्दै संस्थाको तर्फबाट यामबहादुर गुरुङले फाउण्डेशनको उदेश्य र भावि कार्ययोजनाको जानकारी गराउनु भएको थियो ।
क्याटेगोरी : अर्थ, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्