Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं महानगरपालिका १७२ जना कर्मचारी माग


सीता पौडेल

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले विद्यालयमा नेपाली भाषा अध्ययन गराउनका लागि १७२ जना कर्मचारी माग गरेको छ। प्रशिक्षण सहायक चौथो तहको कर्मचारीका लागी  एसइइ उत्तिर्ण गरेकालाई करारमा लिने महानगरले जनाएको छ।

यसका लागि १८ देखि ४० बर्ष उमेर समूहकाले आवेदन दिन पाउने छन्।

आवेदन दिनेहरुहरुले परीक्षा दिनुपर्नेछ जसमा कुल ११० पुर्णाङ्कको परीक्षा हुनेछ। यसमध्ये लिखित १०० र मौखिक १० पुर्णाङ्कको हुनेछ। आवेदन शुल्क ५०० रुपैयाँ पर्नेछ  भने सूचना प्रकाशित गरेको मितिबाट मितिबाट १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने महानगरले जनाएको छ ।

न्यूनतम एक बर्ष शिक्षण अनुभव भएकाहरुलाई उमेरको हद नलाग्नुका साथै महानगरका बासिन्दालाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #सीता पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545