पाँच पूर्वाधार निर्माणमा परिषद्को सम्झौता
राष्ट्रिय खेलकुद परिषद्

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईबीच बिराटनगरमा सम्झौता भएको छ ।
कम्पाउण्ड बाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपयाँ पौसा ३१ लाग्ने अनुमान गरिएकोमा बाँकी रकम उपभोक्ता समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।
बिराटनगर स्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पीच बाहेक) कटिङ गर्ने,सम्याउने,रोलिङ तथा वाटरिङ गरि सम्पूर्ण एरिया खेल्ने योग्य बनाउन राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ ।
बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उन्चालीस रुपयाँ पौसा एक्चालीस खर्च लाग्नेमा सम्झौता अनुसार राखेपले १० लाख उपलब्ध गराउने भएको भने बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्नेछ ।
खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । कुल १६ लाख २९ हजार ५ सय ६५ रुपयाँ पौसा तीन लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने सम्झौतामा उल्लेख छ ।
सिराहाको गोलबजार एकिकृत खेल मैदानमा तार जाली जडानका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । एक सय असी मिटर तारजाली जडान गर्न कुल ११ लाख २८ हजार १ सय ७८ रुपयाँ पैसा नब्बे लाग्नेमा बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेप सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष राजावाबु मगरबीच सम्झौता भएको छ ।
सुनसरीको वराहक्षेत्र स्थित बसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि राखेपले १० लाख रुपयाँ उपलब्ध गराएको छ । बिभिन्न साईजको ७ वटा गेट निर्माणका लागि ११ लाख २१ हजार २ सय ९६ रुपयाँ पैसा सत्ताईस लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेपका सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष खेम उदासबीच सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,राखेप सदस्यद्धय हरि खण्का,रेनुका श्रेष्ठ,बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धीत स्थानिय उपभोक्त समितिका अधयक्षबीच सम्झौता भएको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्