चितवनमा बन्दको प्रभाव न्युन: प्रहरीको स्कटिङ्ग तीब्र

चितवन । सरकारले संवैधानिक निकायहरूमा नियुक्ति लगायतका कामहरु गरेको भन्दै दाहाल–नेपाल समूहले आज (बिहीबार) आव्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा समेत परेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएपनि ठाउँठाउँमा खटिएका बन्दकर्ताहरुले सवारीसाधन चल्न दिएनन् । जसले गर्दा टाढाटाढाबाट आएका यात्रु र सवारी साधनहरु बीच बाटोमा नै अलपत्र हुनुपरेको थियो ।
यसैलाई मध्ययनजर गर्दै चितवन प्रहरीले स्कटिङमार्फत सयौं सवारीसाधनलाइ आ आफ्नो गन्तव्यमा पुर्याउन समेत सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका (एसपी) नान्तिराज गुरुङको निर्देशनमा पुर्वीचितवन र केही भागमा मध्यान्ह १२ बजे देखि नै सवारीसाधन सञ्चालनमा आएको थियो ।
एसपी गुरुङको निर्देशन पाएलगत्तै टाँडीबाट डिएसपी रविन कार्की र जिल्लाबाट प्रहरी निरीक्षक स्याम कुमार बस्नेतको कमान्डमा ठुलो संख्यामा प्रहरी राजमार्ग खुलाउन तर्फ परिचालित थिए । उनीहरुलाइ सम्झाइ बुझाइ गरेको भए पनि अटेर गरे पछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
त्यसबाहेक आज चितवन दिनभरजसो शान्त नै रह्यो । नेपाल बन्दका क्रम्मा हुन सक्ने संभावित दुर्घटनालाइ मध्ययनजर गर्दै चितवन प्रहरीले ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठाउँठाउँमा परिचालन गरेको थियो । बन्दकर्तालाइ प्रहरीले खेदेपछि रत्ननगरमा ३ बजे नै बन्द फिर्ता लिन बन्दकर्ता बाध्य भए भने भरतपुर र नारायणगढ क्षेत्रमा भने दिउँसो ४ बजेपछि अबरुद्ध राजमार्ग सञ्चालनमा आएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्