संखुवासभा काङ्रेसले शुरु गर्यो ” गरिखाने अभियान “
“निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”– युवा नेता खड्का

संखुवासभा, २२ माघ । पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभामा ‘गरिखाने अभियान’ सुरु भएको छ ।
नेपाली काँग्रेसको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना विशेष समितिको आयोजनामा संखुवासभा क्षेत्र नं २ को केन्द्र चैनपुरमा नेपाल दलित सङ्घ क्षेत्रीय कार्यकर्ता भेला एवम् ‘गरिखाने अभियान’ सुरु गरिएको हो ।

विशेष समितिका सहसंयोजक एवम् नेपाली काँग्रेसका युवा नेता दिपक खड्काको विशेष पहलमा भएको उक्त कार्यक्रममा विपन्न तथा गरिब जनताको आर्थिक उन्नती गर्दै सिङ्गो संखुवासभाको विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
कार्यक्रममा पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले सरकार मुलुकको विकासका लागि भन्दापनि सत्ताको लोभमा लागेको उल्लेख गर्नुभयो । “निर्वाचन जितेर गएका प्रतिनिधीहरु जनताको पीरमर्का बुझ्नभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्दा देशको विकास हुन सकेन,”–युवा नेता खड्काले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा गोविन्दराज पोखरेलले नेपालको समृद्धिको लागि युवालाई आत्मनिर्भर र कर्मशील बनाउनुपर्ने बताउनुभयो । “युवालाई कर्मशील र गरिखाने बनाएमात्र देशको विकास हुन्छ,”–उहाँले भन्नुभयो ।
अर्थविद् राजु नेपालले ‘गरिखाने अभियान’ अभियानले विपन्न जनतालाई सहुलियतपूर्ण ऋण दिएर आयआर्जनमा लगाउने भएकाले इच्छुक व्यक्तिले लाभ लिनसक्ने बताउनुभयो ।

नेपाली काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले समृद्ध संखुवासभा निर्माणका लागि गरिखाने अभियानलाई जिल्लाभरी विस्तार गर्दै लैजाने बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #काँग्रेस, #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्