मनाङमा ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं, २० माघ । गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ५.३ रेक्टरस्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु मनाङको नार आसपासमा रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेटमा उक्त भूकम्पको धक्का महशुस गरिएको केन्द्रको भनाइ छ ।
उक्त भूकम्पको धक्का मनाङ आसपासका जिल्ला तथा काठमाडौमा समेत गरिएको थियो । धक्कालगत्तै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायत जिल्लाका स्थानीयहरूले सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन् ।
यसअघि माघ १९ गते सोमबार बिहान २:३४ बजे बझाङको गडराय आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको थियो । उक्त भूकम्प ३.७ रेक्टर स्केलको रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्