Techie IT
शनिबार, वैशाख ६,२०८२

ड्युटीमा नदेखिएको बहाना बनाइ बागमती प्रदेश ट्राफिकद्वारा प्रहरी हवल्दार भट्टमाथि कार्वाही, जिल्ला ट्राफिकलाइ उन्मुक्ति


चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले एक ट्राफिक प्रहरी हवल्दारलाइ पुर्वाग्रही ढंगले कार्वाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछाप दरबन्दी भइ अस्थायी ट्राफिक प्रहरी पोस्ट खैरहनीमा कायारर्त प्रहरी हवल्दार रमेश दत्त भट्टलाइ प्रदेश ट्राफिक प्रहरी कार्यालयले ड्युटीमा नदेखिएको बहाना बनाइ कार्वाही गरेको हो ।

प्रहरी स्रोतका अनुसार गएको माघ १२ गते सोमबार बिहान ३ बजे प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरबाट अनुगमनमा खटिएका प्रहरी निरीक्षक मोहन मान श्रेष्ठले ड्युटीमा नदेखिएको भन्दै प्रहरी हवल्दार भट्टलाइ नसिहेत दिएर कार्वाही गरिएको जनाइएको हो ।

नसिहेत पाएर विभागीय कार्वाही भोगेका हवल्दार भट्टलाइ प्रदेश ट्राफिक प्रहरी कार्यालयले हाल दोलखा काजमा खटाएको छ । यद्यपि, उनलेे रवाना भने लिइसकेका छैनन् । कार्वाही भएपश्चात भट्ट अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तानिएका छन् भने उनको सट्टामा जिल्लाबाट हवल्दार ओम नारायण महत्तोलाइ पठाइएको छ ।

प्रहरी हवल्दार भट्ट एक बर्ष अघि मात्रै सिपाहीबाट हवल्दारमा बढुवा भएका थिए । बढुवा भएका उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय रामेछाप भए पनि केही समययता अस्थायी ट्राफिक प्रहरी पोस्ट खैरहनीमा इन्चार्जको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

भएको के हो ?
अस्थायी ट्राफिक प्रहरी पोस्ट खैरहनीले दुइ जना प्रहरीको कमान्डमा सेवा दिदैआएको छ । केही दिन अघिसम्म हवल्दार रमेश भट्टको कमान्डमा प्रहरी जवान मुन्ना यादव खटिएका थिए । कम जनशक्ति बाबजुद पनि चितवन ट्राफिकले सुरक्षाको प्रत्याभूती आमनागरिकलाइ उपलब्ध गराउँदै आएका छन् ।

तर, प्रदेश ट्राफिक प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने विभिन्न बहाना बनाइ आफ्नै प्रहरी कर्मचारीहरुलाइ लखट्ने देखी खेदाउनेसम्म गरेका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसपी) शान्तिराज कोइराला हाल बिदामा छन् । उनी आज (बुधबार) कार्यालयमा आउने बताइएको छ ।

कार्यालयमा प्रहरी प्रवक्ता केही समयदेखि बिहिन छन् । (एसपी) कोइराला बिदा गए निमित्त प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक श्रेष्ठले पाउने गरेका छन् । उनी बिदा गएको मौकामा प्रहरी निरीक्षक मोहन मान श्रेष्ठले हवल्दार रमेश भट्टलाई कार्वाही गरेको हो । प्रदेशको टोली आउँदा ड्युटीमा नदेखिएको आरोप लगाइएको छ ।

जबकी आफु बिरामी परेको र उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनलेे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका हवल्दार मेजर माधव खतिवडालाइ साँझ ५ बजे नै रिपोर्टिङ गरेका थिए । हवल्दार भट्टले हवल्दार मेजर खतिवडालाइ आफुले आजको ड्युटी गर्न नसक्ने भन्दै रिपोर्टिङ गरेका थिए ।

त्यसलगत्तै खतिवडाले हुन्छ मिलेर काम गर्नु न भनी सामान्य रूपमा लिएका थिए । हवल्दार मेजर खतिवडाको सानो हेलचेक्याईंले हवल्दार भट्टलाइ त कार्वाही भयो नै समयमै प्रदेशलाइ रिपोर्टिङ नगर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई भने हालसम्म कुनै स्पष्टीकरण सोध्न सकेको छैनन् ।

हवल्दार मेजर भएपछि प्रहरी जवान र हवल्दारले गरेका गुनासो सम्बन्धि निकाय समक्ष पुर्‍याउनुपर्ने हुन्छ । तर, मेजर खतिवडाले यो कुरा न चितवनका ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टलाइ जाहेर गरे, न त प्रदेश ट्राफिक प्रहरी कार्यालयलाइ नै । तर, पनि प्रदेश ट्राफिक प्रहरी कार्यालयले भने माथिल्लो तहलाई कुनै जानकारी नगराइ ड्युटीमा लापरबाही गरेको आरोप लगाएको छ । हामीलाई प्राप्त अडियो रेकर्डमा भने हवल्दार भट्टले समयमै जिल्ला ट्राफिकका हवल्दार मेजर खतिवडालाइ जानकारी गराएका थिए ।

तर, हवल्दार भट्टलाइ मात्रै प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुइ पटक स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो नभएको भन्दै उनलाई कार्वाही गरियो । तर, प्रदेशलाइ रिपोर्टिङ नगर्ने चितवन ट्राफिकलाइ भने कसैले स्पष्टीकरण सोध्ने आँट समेत गरेको छैनन् । लापरबाही गरेको आरोप लगाउदै प्रहरी हवल्दार भट्टलाइ स्पष्टीकरण मात्रै सोधेनन् कि बिभागिय कार्वाही समेत गरेर काजमा खटाएका छन् । यसले अन्य प्रहरी कर्मचारीहरुको मनोबल समेत गिरेको छ ।

प्रहरी कर्मचारीलाई पर्याप्त जनशक्ति पनि नदिने र, दुइ जना प्रहरी कर्मचारीलाई २४ सै घण्टा ड्युटीमा खटाएर दुख दिनुपर्ने मनाशय राख्ने प्रहरी अधिकारीहरुको यो कार्यशैलीले तल्लो दर्जाका प्रहरीहरु निक्कै पीडित त भनेका छन् नै पुर्वाग्रही ढंगले फसाउनुले पनि निम्न स्तरका प्रहरी कर्मचारी सधैं हाकिमहरुको शोषण पर्ने देखिन्छ । तर, पनि उनीहरु कोही चुईक्क बोल्दैनन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545