चितवन प्रहरीद्वारा बाल यौन दुरुपयोग, यौन हिंसा तथा साईवर अपराध सम्बन्धी प्रशिक्षण

चितवन । चितवन प्रहरीले बाल यौन दुरुपयोग, यौन हिंसा तथा साईवर अपराध सम्बन्धि प्रशिक्षण गरेको छ । सोमबार सामुदायिक सेवा केन्द्र नारायणगढ र वडा प्रहरी कार्यालय नारायणगढ चितवनको संयुक्त आयोजनामा बाल यौन दुरुपयोग, यौन हिंसा तथा साईवर अपराध जस्ता विषयहरुमा तालिम प्रदान गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गले जानकारी दिनुभयो ।
(एसपी) गुरुङका अनुसार पछिल्लो समय बाल यौन दुरुपयोग, यौन हिँसाका घटनाका बिषयमा वृद्धि हुँदै गएपछि सामुदायिक प्रहरी साझेदारी (सिपिपी) अन्तर्गत भरतपुर महानगरपालिका वर्डा नम्बर ५ स्थित स्मल हेभनमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण गराइएको हो । यस्ले विद्यार्थीहरुलाई थप शिक्षा प्रदान हुुुने एसपी गुरुङले बताए ।
पछिल्लो समय सामाजिक संजालको दुरुपयोग हुने क्रम बढ्दै गएपछि त्यसले अपराधीक गतिविधिलाइ समेत बढावा दिएको भन्दै यस्मा चितवन प्रहरीले सक्रियतापुर्वक काम गरिरहेको जनाएको छ । प्रशिक्षक वर्डा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघु सिँह बिष्ट थिए भने तालिममा शिक्षक तथा विद्यार्थी गरी ८० जना सहभागी रहेका थिए ।
यसअघि सोमबार नै भरतपुर महानगरपालीका वडा नंम्बर १५ कल्याणपुरस्थित श्री बिश्वप्रकाश माध्यमिक बिद्यालयमा समेत साईवर अपराध सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्