Techie IT
शनिबार, वैशाख ६,२०८२

बानेश्वरका व्यवसायी संघका अध्यक्षलाई ज्यानमार्ने धम्की

बानेश्वरका व्यवसायी संघ


काठमाडौँ, १७ माघ ः नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष रामशरण गिरीलाई बानेश्वरको फुटपाथ व्यापारीले ज्यानमार्ने धम्की दिएका छन् ।
ज्यानमार्ने धम्की दिएपछि उनी महानगरिय प्रहरी वृत्त तीनकुनेमा जीउधनको सुरक्षाको माग राखि निवेदन दिएका छन् ।

हिजो शुक्रबार १० नम्बर वडा कार्यालय, महानगरिय प्रहरी वृत र स्थानीय व्यवसायी समेतको सहभागितामा फुटपाथ तथा पार्किङ व्यवस्थापनको पूर्व निर्धारित कार्यक्रम अनुरुप पिपलबोटमा कार्यक्रम संचालन भइरहेको अवस्थामा स्थानीय व्यापारीले कार्यक्रम विथोल्ने हुल हुज्जत गर्ने र ज्यानमार्ने सम्मको धम्की दिई अभद्र व्यवहार गरेका थिए ।

उनीहरुले अभद्र व्यवहार गरेको भन्दै प्रहरी वृतमा संंघका अध्यक्ष सहित कार्यसमिति पदाधिकारीको जीउ, धनको सुरक्षाको व्यवस्था मिलाई कारवाही गर्न निवेदन दिएका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545