Techie IT
शनिबार, वैशाख ६,२०८२

शंकास्पद गतिविधिमा संलग्न अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य पक्राउ


चितवन । चितवन प्रहरीले शंकास्पद गतिविधिमा संलग्न एक जनालाई पक्राउ गरेको छ । आफुलाई अखिल (क्रान्तिकारी) चितवन जिल्लाका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाको संयोजक बताउने धादिङ गल्छी गाउँपालिका वडा नंम्बर ०१ घर भइ भरतपुर महानगरपालिका वडा नंम्बर ११ बस्ने बर्ष २४ को ‘सम्राट’भन्ने सुमन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।

उनी माथि सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) माओवादीले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अप्रवाह फैलाइ समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्राय लिइ उच्छृङ्खल गतिविधि गर्ने योजना बनाइरहेको अवस्थामा भरतपुर १० स्थित सप्तगण्डी चोकबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठमाथि माघ ९ गतेबाट नै लागु हुने गरी सात दिन हिरासतमा राख्ने गरी म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको (एसपी) गुरुङले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545