थप ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण ,थप तीन जनाको मृत्यु

थप ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार ५२१ पुगेको छ । थप चार हजार २८६ को पिसिआर परीक्षण गरिएको थियो । योसँगै देशभर पिसिआर परीक्षण गर्नेको सङ्ख्या १९ लाख ७८ हजार ८४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५७ हजार ९२८ कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६९९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ६८१ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौँ उपत्यकामा १९४ सङ्क्रमित थपिए काठमाडौँ उत्यकामा थप १९४ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका १५३, ललितपुरका २३ तथा भक्तपुरका १८ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा ९८ हजार ६००, ललितपुरमा १५ हजार ५२८ तथा भक्तपुरमा नौ हजार ३० सङ्क्रमित भएका छन् ।
तिमध्ये काठमाडौँमा ९५ हजार ८८८, ललितपुरमा १५ हजार १०५ तथा भक्तपुरमा आठ हजार ७८७ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४७९, ललितपुरमा १५१ तथा भक्तपुरमा ११० जनाको कोरोनाबाट ज्यान गएको छ ।
कोरोनाबाट थप तीनको मृत्यु नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ९१२ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना भाइरस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्