Techie IT
शनिबार, वैशाख ६,२०८२

दुइ हवल्दार सहित तीन प्रहरी निलम्बित


चितवन । नेपाल प्रहरीमा तीन जना प्रहरी निलम्बित भएका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा कायारर्त प्रहरी हवल्दार बिर्गे जोगी, प्रहरी जवान रामकृष्ण मुडारी र ट्राफिक प्रहरीका हवल्दार लिला हुमागाईं निलम्बनमा परेका हुन् ।

गोरु लिएको आउँदै गरेको गाडीका चालकसँग घुस रकम लिने गरेको भन्ने गुनासोका आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाइ सोमबार साँँझ ७ बजे रातोमाटे चेकपोस्टबाट नगद पाँच सय रुपैयाँ घुस सहित पक्राउ गरिएको हो । घुस सहित पक्राउ परेका जनपदका दुइ जना प्रहरीले आरोप स्वीकारे पनि ट्राफिकका हवल्दार हुमागाईंले भने आरोप स्वीकारेका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन दरबन्दी भएका उनलेे आफुलाइ समेत फसाइएकोले अदालतसम्म आफु जाने चेतावनी दिए । सोमबार बेलुकी पक्राउ परेका उनीहरुलाइ प्रदेश प्रहरी कार्यालयले हिजो (मंगलबार) निलम्बन गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा अहिले प्रहरी निरीक्षक देवराज काफ्ले खटिएका छन् । उनको कमान्डमा मातहतका प्रहरी इकाइले खुलेआम घुस रकम लिएर बितण्डा मच्चाइरहदा समेत उनी बेखबर जस्तै बन्दै आएका थिए । प्रहरी प्रमुखको नेतृत्व गरेका काफ्लेको मातहतमा रहेको रातोमाटे चेकपोस्टबाट एकै पटक तीन प्रहरी निलम्बित हुँदा उनको पशुपतिनगरमा कमजोर कमान्ड रहेको यसबाट पुष्टि हुन्छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545