डर धम्की देखाइ टेन्डर हत्याउने प्रयासमा सगुन

बाह्रबिसे । निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत आयोजना को प्रभाबित स्थानिय बासी लाई डर धम्की देखाई भोटेकोसीको टेन्डर हत्याउने प्रयासमा सगुन श्रेष्ठ रहेका छन । बाह्रबिसे बजार क्षेत्रामा जिल्ला बाहिरका गुण्डा हरु ब्यापक रुपमा परिचालन गरेर स्थानीय र आयोजनाबाट प्रभावितहरुलाइ डर धम्की देखाइ शुक्रबार खोलिने टेन्डर हत्याउने प्रयासमा रहेका हुन ।
उनले आफु जिल्लाको चिरपरिचित ठेकदार हुँ जिल्ल्लाको सबै काम ठेक्कापट्ट मेरो निगरानी मा चल्न पर्छ भन्दै आफ्नो जमात तायार गरिहेको र आयोजना को कर्मचारी हरु लगाएत स्थानिय प्रभाबित बसीन्दा हरुलाई पनि धम्की दीईरहेको बुझिएको छ । मध्य भोटेकोसी जलविद्युत आयोजना (१०२ मेवा ) ले टेन्डर आह्वान गरेपछि उक्त टेन्डरको काम आफुहरुले पाउन पर्ने स्थानीयको माग छ भने सगुनले गुन्डागर्दी कै बलमा उक्त टेन्डर हत्याउने योजनामा छन ।
असार ६ गते उक्त आयोजनाले भोटेकोसी गाउँपालिका वडा नम्बर ५ ( साबिक को मार्मिङ गाविस ) को चाकुमा एउटा विद्यालय, स्वास्थ चौकी भवन र कृषि कार्यालय र क्याम्प वरिपरि बाल लगाउन करिब ५ करोड बराबरको टेन्डर आह्वान गरेको थियो । आयोजना प्रभावितहरु भने उक्त टेन्डरको काम आफुहरुले गर्न पाउनु पर्ने भन्दै आएका छन। आयोजनाका प्रमुख डाक्टर सुनिल लामाले भने स्थानीयले आफुले गर्न पाउनु पर्ने माग जायज नभएको बताउदै प्रक्रिया पुर्याएर आएमा जस्ले कममा काम गर्न टेन्डर हाल्छन उसले नै काम पाउने बताए। प्राप्त जानकारी अनुसार उक्त टेन्डर हाता पार्न बिहीबार दिउँसो देखिनै बाह्रबिसे बजार र आयोजनाको अफिस वरिपरि गुन्डागर्दी तैनाथ रहेका बुझिएको छ ।
सगुन प्रहरी निगरानी मा समेत रहेका ब्याक्ती हुन । उनले संसदीय निर्वाचन २०७४ मा तत्कालीन युवा संघका नेता कार्यकर्ता पेस्तोल देखाइ हातपात समेत गरेका थिए । उक्त टेन्डरको फारम अफिसबाट बिक्री भएको तर बिहीबार बेलुका सम्म कसैले पनि टेन्डर माग फारम भरेर अफिसमा नबुझाएको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जलविद्युत आयोजना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्