Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवन प्रहरीको सक्रियता : कारागार परिसर भित्रैबाट फरार थुनुवा पक्राउ


चितवन । भरतपुर कारागार परिसर भित्रैबाट फरार रहेका एक जना थुनुवालाई चितवन प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गत, साउन २० गतेदेखी जवरजस्ती करणी उद्योगको कसुरमा पुर्पक्षमा रहेको अवस्थामा मंसिर ११ गते साँझ सवा पाँच बजेदेखि भरतपुर कारागार परिसर भित्रैबाट फरार रहेका पुर्वी चितवनको कालिका नगरपालिका वडा नंम्बर २ बस्ने ४५ बर्षिया रेशमलाल श्रेष्ठलाइ इलाका प्रहरी कार्यालय टाँडीमा कायारर्त प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीले हिजो (शुक्रबार) साँझ साँढे पाँच बजे तनहुँको देवघाट गाउँपालिका वडा नंम्बर ५ कालिमाटी स्थित जंगलबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका (एसपी) नान्तीराज गुरुङलेे जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागी भरतपुर कारागार ब्यावस्थापन कार्यालय चितवनमा बुझाउने तयारी भईरहेको चितवनका प्रहरी प्रमुख (एसपी) गुरुङले जानकारी दिए । कैदी फरार भएपछि सुरक्षामा लापर्वाही गरेको भन्दै चितवन प्रहरीले सुरक्षामा खटिएका दुइ जना प्रहरी जवानद्वयलाइ निलम्बन गरेको थियो भने फरार रहेका श्रेष्ठलाइ खोजी गर्न जिल्ला प्रहरी कार्यालय चितवनले (एसपी) नान्तीराज गुरुङको कमान्डमा ठूलो संख्यामा ब्यापक मात्रामा प्रहरीलाइ परिचालन गर्दै आएको थियो । एसपी गुरुङ र डिएसपी सुर्यबहादुर थापा समेत स्वयं फिल्डमा खटिदै आएको चितवन प्रहरी स्रोत बताउँछ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##थुनुवा #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545