Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रहरी सुदृढीकरणको पहिलो अभ्यास : विभिन्न युनिटका १८ जना असई र सईको फेरबदल


चितवन । चितवन प्रहरीले विभिन्न मातहतका युनिटहरुको फेरवदल गरेको छ । लामो समयदेखी अड्डा जमाएर बसेका मातहतका विभिन्न इकाइका १८ जना प्रहरी कर्मचारीहरुको फेरबदल गरिएको हो ।

यसरी परिवर्तन हुनेहरुमा जुनियर प्रहरी अधिकृतहरु मात्रै रहेका छन् । असई र सईलाइ ब्यापक रुपमा परिवर्तन गरिएको स्रोत बताउँछ । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले प्रहरी सुदृढीकरणको पहिलो अभ्यास स्वरुप युनिटका इकाइहरुको परिवर्तन गरिएको हो ।

ती प्रहरी स्रोत भन्छ : अहिलेका प्रहरी प्रमुखलाइ कुनै लोभलालच नभएकोले पनि ब्यापकमात्रामा सरुवा गरिएको हुन सक्छ । उनी थप्छन् : चितवनले यस्तो प्रहरी प्रमुखको नेतृत्व पाउन मुस्किल छ, उनले थपे ।

मातहतका युनिटहरुको परिवर्तन गरिए पनि एसपी नान्तीराज गुरुङको कार्य ब्यस्तताका कारण अहिले रवाना भने दिइएको छैनन् भने, सबै प्रहरी कर्मचारीलाई “स्ट्यान्ड बाइ” बस्न निर्देशन दिइएको छ । अहिले १८ जना प्रहरीहरु “स्ट्यान्ड बाइ” बसिरहेका छन् ।

यस्तै, सरुवा भइसकेका अधिकांश प्रहरीहरुको दरबन्दीमा रवाना हुने क्रम समेत तीब्र रहेको स्रोत दाबी गर्छ । स्रोत भन्छ : पावर र भन्सुनको आडमा लामो समयदेखी एकछत्र राज गर्दै बसेका केही कर्मचारीलाइ दरबन्दीमा रवाना गर्ने क्रमले समेत यतिबेला तीब्रता पाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##सरुवा #चितवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545