कोरोना भ्याक्सिन समयमै निःशुल्क रुपमा लगाइने : अर्थमन्त्री पौडेल

काठमाडौँ, ३ पुस । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भ्याक्सिन समयमै ल्याइने र निःशुल्क रुपमा लगाइने प्रतिवद्धता जनाएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीहरुसँग भेट गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले आधिकारिक खोप ल्याउनेबारे छलफल सुरु भइसकेको पनि बताएका छन् । उनले जसरी सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गरेको थियो त्यसरी खोप पनि निःशुल्क वितरण गर्ने बताएका हुन् ।
‘ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात हुन्छ । यसका लागि हामीले कुटनीतिक संवाद जारी राखेका छौं । भ्याक्सिनको आयातका लागि तयार भएर बस्छौं’ पौडेलले भने ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका व्यक्तिहरु र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहने उनको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विष्णु पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्