सभामुख सापकोटाको गैरसंवैधानिक व्यवहारका कारण संवैधानिक परिषद बैठक प्रभावित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको गैरसंवैधानिक व्यवहारका कारण संवैधानिक परिषद बैठक प्रभावित बनेको छ । निष्पक्ष र तटस्थ रहनुपर्ने पदीय भूमिकामा रहेपनि सभामुख सापकोटा भने पार्टी भित्र गुटको इशारामा चलेका छन् । सोही कारण उनी मंगलबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा सहभागी भएनन् ।
सापकोटालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए । नेकपाभित्र विभाजनको प्रयासमा लागेको माधव नेपाल प्रचण्ड समूहको पक्षधरता लिँदा परिषद बैठक अघि बढ्न सकेन ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित विहानको बैठक सापकोटाको अनुपस्थितिका कारण साँझ ५ बजेलाई सारिएको छ ।
सभामुखले लगातार दुई पटक परिषद्को बैठक बहिस्कार गरेका छन् । यो संवैधानिक दायित्वको उल्लंघन हो । सभामुख भएपछि दलको आवद्धता समेत त्याग्नु पर्ने पदमा बसेका उनले गुटको कार्यकर्ताका भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा उनको ब्यापक आलोचना भइरहेको छ ।
उनले कि सभामुख पदत्याग गर्नु पर्यो, कि गुटको सदस्यता ? भन्दै प्रश्न उठाउन थालिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् ।
सभामुख चयन भइसकेपछि तटस्थताका लागि कुनै पनि दलमा आवद्धता राख्न मिल्दैन । त्यसैले नै दलमा रहेको जिम्मेवारीबाट राजिनामा दिई स्वतन्त्र रहनुपर्छ । सभामुख आफै कुनै एउटा दलको, त्यसमा पनि कुनै गुटको इशारामा काम गर्न थाल्ने हो भने संसदमा तटस्थता कसरी रहला ? आजको उनको कार्यशैलीबाट प्रश्न उब्जिएको छ ।
सदस्यहरुबीचकै खिचलोको कारण लामो समस्यसम्म परिषद बैठक बस्न सकेको छैन । जसका कारण अख्तियार, निर्वाचन, मानवाधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगका ४५ वटा पद रिक्त छन् । नियुक्ति नै हुन नसकेपछि ती सबैको काम कारवाही समेत प्रभावित भएका छन् ।
बैठकमा सहभागी भई आफ्नो मत राख्न छोडेर सभामुख सापकोटाले पटक पटक अनुपस्थिति देखाई ती संवैधानिक आयोगलाई समेत पंगु बनाउन खोजेका छन् । ‘कम्तीमा पदको मर्यादा, गरिमा राख्न बैठकमा गएर आफ्ना सहमति, असहमति राख्न सकिन्थ्यो । एउटा नेताले भनेको भरमा सापकोटाले आफू सभामुख पदमा छु भन्ने विर्सिएको जस्तो छ’, संवैधानिक कानुनका ज्ञाता एक कानुन व्यवसायीले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अग्निप्रसाद सापकोटा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्