जनताले कोभिड–१९ को उपचार र राहत नपाएको सभापति देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ । कांग्रेस मकवानपुरले आज हेटौँडा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनताको माग र आवश्यकताअनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आरोप लगाउनुभयो ।
सो अवसरमा सभापति देउवाले भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम नचालेको पनि बताउनुभयो । सोही सभालाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हरेक परिस्थितिमा कांग्रेसले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाउँदै कांग्रेसले सरकारले गरेको राम्रो काममा सहयोग गर्ने र जनताको विपक्षमा हुने काममा खबरदारी गर्ने उद्घोष गर्नुभयो ।
वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले जनविरोधी कार्यप्रति कांग्रेसले खबरदारी गर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्