संखुवासभामा कांग्रेसको सरकार विरुद्ध शक्ति प्रदर्शन (फोटो फिचर)

२९ मंसिर, संखुवासभा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले सदरमुकाम खाँदबारीमा सोमबार सरकार विरुद्ध बृहत प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले काठमाडौं सहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।
संखुवासभा कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । सदरमुकाम खाँदबारीको पार्टी कार्यालयको प्राङ्गणमा सभा गरेको थियो । जिल्लाका शिर्ष नेताहरु सहभागी भएको जुलुसले नगर प्ररिक्रमा गरि सभामा परिणत भएको थियो । उक्त सभालाई पूर्व खानेपानी राज्यमन्त्री दिपक खडका, पूर्व स्वास्थ राज्यमन्त्री तारामान गुरुङ र पार्सटी सभापति दीपन कुमार श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।
हेर्नुहोस् विरोध प्रदर्शनका तस्वीर –
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #तारामान गुरुङ, #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्