Techie IT
बुधबार, माघ २३,२०८१

पाँच बुँदे सहमति पछि वीर अस्पतालका कर्मचारीहरुको आन्दोलन फिर्ता


काठमाडौं । पाँच बुँदे सहमति भएपछि विगत ४६ दिनदेखि जारी आन्दोलन वीर अस्पतालका कर्मचारीहरुले फिर्ता लिएका छन् ।

आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आजदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

कोभिड भत्ता नपाएकोलगाएतका विभिन्न विषयमा माग राख्दै कर्मचारीहरु ४६ दिनदेखि आन्दोलनमा थिए।

वार्तामा कोभिड भत्ता वितरणमा देखिएका त्रुटी सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार वितरणको व्यवस्था गर्ने सहमति भएको छ ।

यसैगरी कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ।

अस्पतालका पूर्ववत सेवाहरुसहित थप सेवाहरु अझ प्रभावकारी रुपले सञ्चालन गर्ने, प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालय समक्ष पत्राचार गर्ने लगायतका सहमति पनि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #वीर अस्पतालका कर्मचारीहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545