Techie IT
शुक्रबार, वैशाख ५,२०८२

प्रहरी जवान बुढाथोकी ‘उत्कृष्ट प्रहरी’ घोषित


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान डिल्ली बुढाथोकी कार्तिक महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी आफूलाइ सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गर्दै लागूऔषध जुवातास लगायत गैरकानुनी गतिविधीको सम्बन्धमा सुचना संकलनको कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी आफ्नु कर्तब्यपालनाको सिलसिलामा गएको कार्तिक ११ गते चोरीको मोटरसाइकलसहित ६ जनालाइ पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी जवान बुढाथोकीलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले बताए ।

गुरुङका अनुसार प्रहरी जवान बुढाथोकीले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय महाराजगंज दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान बुढाथोकीलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने भएकोले सम्मान गरिएको प्रहरीले जनाएको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आईरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545