चितवनमा प्रहरी प्रमुख गुरुङको कमाण्डमा सम्भव भएका यी हुन् २३ ठूला सफलता, (हेरौं विवरण सहित)

चितवन । एसपी नान्तीराज गुरुङले चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको आगामी मंगलबार १० महिना पूरा हुँदै छ । १० महिनाको यो अवधिमा गुरुङको कमान्ड आइसके पछि प्रहरीले कैयौं महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गर्न सफल भएका छन् । कतिपय सन्दर्भमा आलोचना खेप्नु परेपनि गुरुङको नेतृत्वमा चितवन प्रहरीले गरेका उपलब्धीहरुलाई कम मात्रामा आँकलन गर्न मिल्दैन । र, यो अवधिमा प्रहरी प्रमुख गुरुङको कार्यकालमा के कस्ता कामहरु भए ? केही महत्वपूर्ण उपलब्धीहरुलाई ‘साझापाना’ ले लिपीबद्ध गर्ने प्रयास गरेको छ ।
यी हुन २३ ठूला सफलता !
१. बिप्लव माओवादी निस्तेज : चितवनमा प्रहरी प्रमुखको रुपमा (एसपी) नान्तीराज गुरुङले कमान्ड सम्हालेपछि सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका संगठित सक्रिय कार्यकर्ताहरु चितवनबाट तितरबितर भए । गुरुङको सक्रियताका कारण जिल्लामा बिप्लव माओवादी अहिले ध्वस्त नै हुन पुगे । उनले यो दस महिनाको अवधीमा सात जना विप्लव माओवादीलाई कठघरामा उभ्याउन सफल भए ।
जिल्लाको कमान्ड सम्हालेपछि पहिलोपटक श्रावण १२ गते राती साँढे आठ बजे राप्ती नगरपालिका ९ रस्यौलीस्थित हुकुम भन्ने होम बहादुर खड्काको घर नजीकैबाट विप्लव नेतृत्वको नेकपा माओवादीका चितवन जिल्ला इन्चार्ज समेत रहेका दैलेख गुराँस गाउँपालिका ७ बस्ने बर्ष ३५ को लालबहादुर बि.सी, नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय महासचिव समेत रहेका सुर्खेत उत्तरगंगा गाउँपालिका ८ बस्ने बर्ष ४६ को रामलाल वि.क, भरतपुर महानगरपालिका २८ बस्ने बर्ष ४४ को भिम नारायण श्रेष्ठ, राप्ती नगरपालिका ९ रस्यौली बस्ने बर्ष ३५ को हुकुम भन्ने हुम बहादुर खड्का र सोही ठाउँ बस्ने बर्ष २७ को दान बहादुर श्रेष्ठलाई पक्राउ गर्न सफल भए ।
त्यस्तै, चन्दा असुली तथा बम विष्फोट गराउने जस्ता कार्यमा संलग्न रहि फरार रहदै आएका पूर्वी चितवनको राप्ती नगरपालिका ६ सेंढाईं टोल बस्ने २९ वर्षीया राम सेंढाईंलाई समेत पक्राउ गर्न (एसपी ) गुरुङको टिम सफल भयो । खैरहनी नगरपालिका १३ स्थित मर्कनटायलमा बम विष्फोट गराई क्षति बनाएको आरोपमा फरार रहदै आएका सेंढाईं नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । त्यस्तै, मंसिर ७ गते बिप्लव माओवादीका सक्रिय कार्याकर्ता रत्ननगर नगरपलिका वडा नंम्बर ११ बस्ने प्रकाशचन्द्र ढकाल लाई हंसिया हथौडा अंकित झण्डा थान ३, सातौं पार्टी पुनर्गठन दिवश भव्य रुपमा सफल मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताव तथा दस्तावेज सहित भरतपुर महानगर वडा नंम्बर ६ बुद्धचोकबाट पक्राउ गर्न (एसपी) गुरुङको टिम सफल भयो ।
२. लागूऔषध (गाँजा) कारोवारी ध्वस्त : त्यस्तै, चितवनमा अखाडाका रुपमा रहेको लागूऔषध तथा (गाँजा) कारोवारीलाई समेत एसपी नान्तीराज गुरुङले ध्वस्त नै बनाए । प्रहरी प्रमुखको रुपमा (एसपी) नान्तीराज गुरुङले कमान्ड सम्हालेपछि अर्को उपलब्धीमुलक काम भनेकै लागूऔषध (गाँजा) कारोवारी ध्वस्त हो । लागूऔषध (गाँजा) कारोवारी गर्ने तथा ओसारपसार गर्नेप्रति निक्कै आक्रमक बन्दै आएका (एसपी) गुरुङले लागूऔषध (गाँजा) ओसारपसार तथा सेवन गर्ने २० जनालाइ जिल्लाका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भए । गत, भाद्र ६ गते भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा. ३. ख. ७९५८ नम्बरको ट्रकलाइ रोकेर चेकजाँच गर्ने क्रम्मा ५२ किलो १२५ ग्राम लागूऔषध (गाँजा) सहित ट्रक चालक धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष २४ को ईन्द्र बहादुर तामाङ, ट्रकमा सवार सोही ठाउँका बर्ष २१ को दोर्जे तामाङ र भरतपुर महानगरपालिका वडा नं. २४ बस्ने बर्ष ६१ को पदम बहादुर तामाङलाई पक्राउ गर्न सफल भए ।
त्यस्तै, भाद्र १९ गते शुक्रबार ८ किलो ९० ग्राम गाँजासहित कालिका नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २१ का अमृत बम्जन र वर्डा नम्बर ७ का बर्ष २१ का सबिन घलेलाई कालिका नगरपालिका वर्डा नम्बर ७ स्थित जुटपानी चोकबाट अन्टेस्ट स्कुटरसहित पक्राउ गर्न एसपी गुरुङको टिम सफल भयो ।
त्यस्तै, भरतपुर महानगरपालिका वर्डा नम्बर ११ भोजाडबाट रत्ननगर नगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २५ को किशोर शाह र स्याङ्जा गल्याङ नगरपालिका वर्डा नम्बर १ घर भई हाल चितवन खैरहनी नगरपालिका वर्डा नम्बर १ बस्ने बर्ष ४२ को राजेश बस्याललाई लागूऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गर्न सफल भयो ।
त्यस्तै, लागूऔषध (गाँजा) को तस्करीमा संलग्न रहेको आरोपमा राप्ती नगरपालिका ११ आँपपानी बस्ने २५ वर्षीया दोर्जे तामाङ र राप्ती नगरपालिका ११ स्थायी घर भई हाल पदमपुर बस्दै आएका २४ वर्षीया पदम बहादुर मोक्तानलाइ पक्राउ गर्न प्रहरी सफल भयो । गत, भदौ २१ गते राती साँढे एक बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ८ स्थित दवाडी चोकमा रहेको पम्पा खोला किनारमा प्याक गरेर बेवारिसे अवस्थामा रहेको एक क्विन्टल गाँजा इलाका प्रहरी कार्यालय भण्डाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले (गाँजा) बरामद गरेको थियो ।
त्यस्तै, भरतपुर महानगरपालिका वडा नंम्बर १६ झनझने बस्ने बर्ष ३२ को कुमार गुरूङ्लाई ८५ वटा सुर्तीको प्याकेटमा प्याक गरी बिक्री गर्नको लागि राखेको र बोरामा समेत प्याक गरी घरभित्र लुकाई छिपाई राखेको अवस्थामा १०.७५ किलो गाँजा सहित पक्राउ गर्न एसपी गुरुङको टिम सफल भयो ।
त्यस्तै, भरतपुर महानगरपालीका वडा नंम्बर २ विक्रम मार्गस्थित सडकमा ना ४ प ४४३९ नं बोलेरो चेकजाँच गर्ने क्रममा बोलेरोमा सवार भरतपुर महानगर ४ बाह्रघरे बस्ने बर्ष २१ को अनुज भन्ने भुदत्त परियारको साथबाट लागूऔषध PHENERGAN-2ml २५५ थान, NOOPHIN-2ml २५५ थान, र DIZEPAM-2ml २५५ थान फेला पारिएको र उनको बयानका आधारमा भरतपुर ३ नगरवन बस्ने बर्ष २२ को अविनास बोटे, भरतपुर २१ बस्ने बर्ष २६ को आशिष थापा, बर्ष २२ कि कञ्चन उपरकोटी र गैंडाकोट नगरपालिका वडा नं. १६ बेल्डिया बस्ने बर्ष १९ कि बविता महत्तो लाई पक्राउ गर्न सफल भयो ।
त्यस्तै, भरतपुर म.न.पा.वडा नंम्बर २ पुलचोकस्थित द कैलाश लज एण्ड रेष्टटुरेण्टको २०३ नंम्बरको कोठाबाट भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने वर्ष २३ को राजेश बहादुर कार्कीको साथबाट लागूऔषध डाइजेपाम-२३ एम्पुल, ब्युप्रिनुफिन-२३ एम्पुल, फेनारगन-२३ एम्पुलसहित भरतपुर म.न.पा. वडा नं.११ कुमारी टोल बस्ने वर्ष २१ की एलिसा रूम्बा तामाङ र कालिका नगरपालिका वडा नं.२ बस्ने बर्ष २० को रितेश गुरूङलाई पक्राउ गर्न प्रहरी सफल भयो ।
त्यस्तै, भरतपुर महानगरपालिका वडा नंम्बर १५ देवीचोकस्थित भोज बहादुर गुरुङ्गको घरमा खानतलासी गर्दा Tramadol Hydrochloride Capsules Ip 50 mg १६४० ट्याबलेट, Domple-10 २४० ट्याव्लेट, Anargan-25 १२७० ट्याबलेट, Triplin-25 २८ ट्याबलेट controlled substance र नगद रू.७,७१५/-बरामद गर्न सफल भयो ।
उक्त औषधी बिक्री वितरण कार्यमा संलग्न वर्ष ३१ को भोज बहादुर गुरूङ र सोही ठाउँ बस्ने वर्ष २० को महेश परियारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग बिरगंज पठाईयो भने, गुरुङकै कार्यकालमा राप्ती नगरपालिका १२ धनमागं गैरीबाट ३४ के.जी.लागूपदार्थ (गाँजा) बरामद गरी आवश्यक अनुसन्धान कार्य शुरु भयो ।
३. जुवाडेहरुको भागाभाग : त्यस्तै, चितवनमा एसपी नान्तीराज गुरुङको अर्को सफलता हो, जुवा अखडा ध्वस्त । जिल्लाको नेतृत्व सम्हालेयता उनले जुवा अखडालाइ समेत निस्तेज पारे । उनी आएयता ५६ जनालाइ जुवाडेहरुलाइ पक्राउ गर्न उनको टिम सफल भयो । गत, भाद्र ३० गते भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित इन्द्र बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४५ को कृष्ण बहादुर घलान, कालिका नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३३ को बिकास गुरूङ, रत्ननगर नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३९ को राजु पोख्रेल, गैंडाकोट १ बस्ने वर्ष ३० को दिपक आचार्य लाई ४५ हजार ७०० रुपैयाँ नगद सहित पक्राउ गर्यो ।
त्यस्तै, पुर्वी चितवनको कालिका नगरपालिका वर्डा नम्बर ४ स्थित ग्रिन टप कटेजबाट जुवातास खेलिरहेको अवस्थामा एक बुक तास र दुई लाख उनन्तीस हजार सात सय असी रुपैयाँ नगद सहित कालिका नगरपालिका वर्डा नम्बर ४ बस्ने बर्ष ३७ को बल बहादुर नेपाली, सोही ठाउँ बस्ने वर्ष ३५ को हरीराम लामा, कालिका नगरपालिका वर्डा नम्बर ५ बस्ने वर्ष ४० को कुमार चौधरी, नवलपुर गैंडाकोट नगरपालिका वर्डा नम्बर २ बस्ने वर्ष ३८ को हरी जि.सी र सोही ठाउँ बस्ने वर्ष ३८ को नवराज परीयारलाई पक्राउ गर्यो । त्यस्तै, माडी ३ ईनार बरुवा गाउँबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई ५७ हजार ७७५ रुपैयाँ नगद सहित पक्राउ गर्यो ।
त्यस्तै, भरतपुर महानगरपालिका वडा नंम्बर ४ लंकु स्थित रोयल बम्बो कटेजबाट नगद एक लाख २१ हजार रुपैयाँँसहित ८ जना जुवाडेलाई पक्राउ गर्यो । पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३५ को मनोज तामाङ, भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३५ को लक्ष्मण गैरे, भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष ३० को सुजन पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३७ को चिजु गुरूङ, सोही ठाउँ बस्ने बर्ष ३० की अनु गुरूङ (थापा), बर्ष ३७ को नविन गुरूङ, बर्ष २८ को प्रजित ठकुरी, बर्ष ४० को प्रकाश थापा मगर रहेका छन् ।
त्यस्तै, असार २२ गते भरतपुर महानगरपालिका वडा नं.१ मिलनरोडस्थित प्रकाशमान कर्माचार्यको घरबाट जुवातास खेल्ने र खेलाउने कार्यमा प्रयोग भएको तीन बुक तास, एकसठ्ठी हजार सात सय त्रिचालिस रुपैयाँ सहित भरतपुर महानगरपालिका वडा नंम्बर १ मिलनरोड बस्ने बर्ष ५५ को प्रकाशमान कर्माचार्य, भरतपुर महानगरपालिका वडा नंम्बर २ बस्ने बर्ष ४५ को सरस्वती कुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं.१ बस्ने बर्ष ५७ को गम्भिर श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं.२ बस्ने बर्ष ४१ को अनिल कुमार श्रेष्ठ, बर्ष ४९ को राज कुमार श्रेष्ठ, बर्ष ४५ को सुर्य कुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं.१६ बस्ने बर्ष ३५ को पुष्प कुमार श्रेष्ठ र भारत पश्चिम बंगाल, कोलकत्ता घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नंम्बर २ बालकुमारीचोक बस्ने बर्ष ३८ को बप्पी खान भन्ने शेख अब्बास उद्दिनलाई पक्राउ गर्न सफल भए ।
त्यस्तै, कौडा खेल्ने २४ जनालाई पक्राउ गर्न समेत प्रहरी सफल भयो । भरतपुर महानगरपालिका ५ कैलाशनगर बस्ने ४२ वर्षीया सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई नगद पाँच लाख १७ हजार १७५ रुपैयाँ सहित भरतपुर महानगरपालिका वर्डा नम्बर ५ वस्ने वर्ष ४२ को सुनिल कुमार क्षेत्री, वर्ष २८ को सन्तोष थापा, वर्ष २१ को सन्जय घले, वर्ष २८ को सन्तोष प्याकुरेल, बर्ष ३५ को कमल तामाङ, सरोज अधिकारी, बर्ष ४४ को बिकास अधिकारी, बर्ष ४३ को लेख बहादुर गुरुङ, बर्ष ४० को पुर्ण बहादुर गुरुङ, बर्ष ४० को राज कुमार गुरुङ, बर्ष ५० को कृष्ण बहादुर गुरुङ, बर्ष ३८ को प्रदिप सोडारी, बर्ष ३८ को राज कुमार श्रेष्ठ, बर्ष ४१ को भुपेन्द्र श्रेष्ठ, बर्ष ५० को नन्द बहादुर गुरुङ, बर्ष ४१को योगेश्वर गौतम, बर्ष ४४ को तिलक नारायण श्रेष्ठ, बर्ष १८ को मनोज गौतम, बर्ष १८ को सन्तोष श्रेष्ठ, बर्ष ४७ को निलकण्ठ खरेल, बर्ष ४२ को योगेन्द्र मल्ल, बर्ष २८ को प्रजित ठकुरी, बर्ष २७ को बिकास मानन्धर, बर्ष २१ को उमेश सुनार रहेका छन् ।
४. सट्टेबाजी थाप्ने कार्यमा संलग्न पक्राउ : वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा इन्टरनेट ब्राउजर डाइमन्डएक्सचेन्ज डटकम लगायत विभिन्न युआरएलहरूको समेत प्रयोग गरेर सट्टेबाजी थाप्ने कार्यमा संलग्न रहेका नवलपुरको गैंडाकोट नगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २८ को सविन कँडेल, सोही ठाउँ बस्ने बर्ष ३४ को राजेश सिग्देल, भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २१ को रिनाज आचार्य, र सोही ठाउँ बस्ने बर्ष २८ को सन्जिल लामिछानेलाई पक्राउ गर्न एसपी गुरुङको टिम सफल भयो ।
उनीहरुको साथबाट प्रहरीले नगद रु. एक लाख ७२ हजार पाँच सय रुपैयाँ र सट्टेबाजीका लागी प्रयोग भएको मोबाइल समेत बरामद भएको थियो ।
५. मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ : यता, चितवनका प्रहरी प्रमुख गुरुङले कमान्ड सम्हालेपछि मोटरसाइकल चोरी गर्ने ठूलो समूहलाइ पक्राउ गर्न समेत उनी र उनको टिम नै सफल भए । जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकलसहित मोटरसाइकल खरिद गर्ने बाराको करैयाँमाइ गाँउपालिका वर्डा नम्बर ५ घर भई हाल पुर्वी चितवनको खैरहनी नगरपालिका वर्डा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी, सोही ठाउँ घर भई हाल भरतपुर महानगरपालिका ३ बस्ने बर्ष १९ को राकेश चौधरी, बारा कोल्हवी नगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरी, भरतपुर महानगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २६ को दिनेश गुरुङ र भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २५ को मनोज दराईलाई पक्राउ गर्न उनी र उनको टिम सफल भएका हुन् ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका तीन वटा र बेवारिसे अवस्थामा रहेको चारवटा मोटरसाइकल बरामद भएको थियो । चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वर्डा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी, सोही ठाउँ बस्ने बर्ष २८ को अमृत चौधरीलाई समेत पक्राउ गरेको हो भने चोरी भएका मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरी आफैं ग्राहक बनेर चोरसम्म पुग्न सफल भएको थियो ।
त्यस्तै, चोरी भएका मोटरसाईकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले ईच्छाकामना गा.पा.वडा नं.७ गर्दास बस्ने वर्ष ३० को राम बहादुर गुरूङ, कालिका न.पा.वडा नं.३ सिमलढाप बस्ने वर्ष २७ को योगेश वाईवा, कालिका न.पा.वडा नं.२ पदमपुर बस्ने वर्ष २८ को सुरज गुरूङलाई पक्राउ गर्न प्रहरी सफल भयो ।
६. चार दिनमा ४६ जना फरार व्यक्तिहरु पक्राउ : चितवनमा एसपी नान्तीराज गुरुङले कमाण्ड सम्हालेपछि चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ गरी नयाँ रेकड राख्न सफल भए । विभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय तोकी फरार रहेका व्यक्तिहरूलाई कार्तिक २५, २६, २७ र २८ गते गरि ४६ जनालाई पक्राउ गर्न सफल भएको हो ।
नकवजनी चोरी, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, बहु बिबाह, बन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, किर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिला गरी ४६ जना फरार व्यक्तिहरूलाई पक्राउ गरेकोमा ७ बर्ष ९ महिना २६ दिन कैद र ४लाख ८ हजार ३११ रुपैयाँ रकम असुल उपर भएको छ । चार दिनमै यति धेरै फरार अभियुक्त पक्राउ गरिएको यो नयाँ रेकर्ड हो ।
७. लाखौं रुपैयाँ ठगी गर्न खोज्ने दुई पक्राउ : सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौं रुपैयाँ ठगी गर्न खोज्ने दुई जनालाई चितवन प्रहरी पक्राउ गर्न सफल भयो । सामाजिक सञ्जाल इमो मार्फत पच्चीस लाख रुपैयाँको चिठ्ठा परेको छ भनी कालिका नगरपालिका ४ वस्ने वर्ष ४४ की सीता थपलियासँग पटकपटक गरेर दुई लाख असी हजार रुपैयाँ ठगी गर्ने बिराटनगर महानगरपालिका वडा नम्बर ११ वस्ने वर्ष २७ को साहिल हुँसेन अन्सारी र सोहि महानगरको वडा नम्बर ०९ वस्ने वर्ष २७ कै कामेश्वर स्वर्णकारलाई प्रहरी प्रमुख गुरुङको टिममा खटिएको प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो ।
८. नक्कली नोट सहित दुई जना पक्राउ : एसपी गुरुङले यहाँको कमान्ड सम्हालेपछि नक्कली नोटको कारोवारीलाई समेत ध्वस्त बनाए । उनको टिमले तीन लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीया जीतबहादुर लोप्चन र राक्सिराङ गाउँपालिका ५ घर भई चितवनको कालिका नगरपालिकास्थित जुटपानी मन्दिर नजीकबाट ४५ वर्षीय रामबहादुर थिङलाई पक्राउ गर्न सफल भएका थिए । यी मध्य लोप्चनलाई राप्ती नगरपालिकाको वर्डा नम्बर ५ स्थित चौकीडाँडा र थिङलाइ जुटपानीबाट पक्राउ गरिएको थियो । त्यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका वर्डा नम्बर ८ बाट चन्द्र बहादुर घलानको साथमा रहेको ३० हजार रुपैयाँको नक्कली नोट समेत बरामद गर्न सफल भए ।
९. नगद चोरी गर्ने एक जना पक्राउ : एसपी गुरुङको टिमले भरतपुर महानगरपालिका ९ काँडाघारीमा रहेको एपोलो पेन्टसको कार्यालय भवनको कोठाभित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख रुपैयाँ चोरी गर्ने कालिका नगरपालिका वर्डा नंम्बर ६ बस्ने वर्ष ४० का कविराज थापालाइ पक्राउ गर्न सफल भयो । पक्राउ परेका थापाले आफ्नु कोठाको खाटमुनी झोलाभित्र लुकाइ राखेको ५७ लाख र सोही घरको पर्खाल नजिकै झाडीको प्लाष्टिक बोरा भित्र लुकाएको ४० लाख समेत गरेर ९७ लाख रुपैयाँ फेला पार्न समेत (एसपी) गुरुङको टिम सफल भएको हो ।
१०. मानव बेचबिखन तथा ओसारपसार मुद्दाका पक्राउ प्रतिवादी कारागार चलान : चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले मानव बेचविखन तथा ओसारपसार मुद्दामा एक जनालाइ पक्राउ गरेर कारागार चलान गराउन उनी सफल भए । आर्थिक प्रलोभनमा पारी फरक फरक पुरूष व्यक्तिहरुसँग विभिन्न होटलहरुमा यौनधन्दा गर्न लगाउने गरेको पाइएपछि भरतपुर महानगरपालिका वडा नंम्बर ११ बस्ने माया कुमाल र लमजुङ दोर्दी गा.पा.वडा नंम्बर २ बस्ने पबित्रा थापालाई पक्राउ गर्न उनी र उनको टिम सफल भएको हो ।
एसपी गुरुङले कमान्ड सम्हालेपछि विभिन्न होटल तथा लजमा पठाई शारीरिक सम्पर्क राख्न बाध्य बनाएको अवस्थामा साउन ३ गते भरतपुर महानगरपालिका ९ स्थित जंगल कटेजबाट पीडितलाई उद्दार गरी मानव बेचबिखन तथा ओसार पसारको कार्यमा संलग्न रहेका निज माया कुमाल र पबित्रा थापालाई पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय भरतपुरमा पठाउन प्रहरी सफल भएको थियो ।
११. अवैध सालको काठ सहित चार पक्राउ : एसपी गुरुङकै कार्यकालमा चितवनको पदमपुर बाट अवैध सालको काठ सहित चार जना ब्यक्ति पक्राउ परे । ईलाका प्रहरी कार्यालय टाँडी, प्रहरी चौकी जुटपानी र प्रहरी विट पदमपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले कालिका नगरपालिका वर्डा नम्बर १० स्थित निवुवाटार सामुदायिक वन क्षेत्रको ब्लक नम्बर ४ बाट अवैध साल जातको चिरान काठ १८ थान बोकेर ल्याउँदै गरेका कालिका नगरपालिका वडा नं १० बस्ने बर्ष ५० को भिम बहादुर तामाङ, सोही ठाउँ बस्ने बर्ष ३३ को विजय तामाङ, बर्ष २६ को गोरे तामाङ, बर्ष २२ को राज कुमार तामाङलाइ पक्राउ गर्न उनी र उनको टिम सफल भए ।
१२. ज्यान मुद्दाका अभियुक्तलाई अदालतमा पेश : गत, असार २३ गते दिउँसो अन्दाजी १३:३० वजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं १० मैयाँदेवी कन्या कलेज नजिक झाडीमा वोरामा बाधिएको मृत अवस्थामा फेला परेको भरतपुर म.न.पा.वडा नं.१४ शिवनगर बस्ने बर्ष ४१ को राज कुमार गुरूङ्गको हत्याको घट्नामा संलग्न प्रतिवादीलाई शव फेला परेको दिन नै पहिचान तथा पक्राउ गरी कर्तव्य ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य सम्पन्न गरी सरकारी वकिल कार्यालयमार्फत सम्मानित जिल्ला अदालतमा पेश गरिएको छ । अभियुक्तहरुमध्ये एकजना वालक (वालविझ्याईकर्ता) भएकाले नाम, थर, वतन गोप्य राखिएको छ ।
१३. सुझाव पेटिकाको स्थापना
प्रहरीका बिरुद्व गुनासो राख्ने उद्देश्यले चितवनका स्थानीय तहहरूमा सुझाव पेटिका राखिएको छ । प्रहरी कर्मचारीहरुले गर्ने कामकार्वाहीका बिषयमा गुनासो तथा सुझावहरू सङ्कलन गर्न भन्दै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिकामा संयुक्त रुपमा सुझाव पेटिका राखिएको हो । स्थानीय तहहरुमा सुझाव पेटिका राख्न चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ आफैंं पुगेका थिए । प्रहरीका बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई असहज भएको भन्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको अभियान अन्तर्गत सुझाव पेटिका राखिएको हो ।
१४. अवैध भन्सार छली लत्ताकपडा सहित दुई जना पक्राउ: चितवन प्रहरीले अवैध भन्सार छली लत्ताकपडा सहित दुई जनालाइ पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले भरतपुर महानगरपालिका ३ शहिदचोक नजिक लु. २ ख. ३४० नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी ल्याइएको अन्दाजी चार लाख पचहत्तर हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित दुई जनालाइ पक्राउ गरेको हो ।
१५. अभद्र व्यवहार तथा आक्रमण गर्ने पक्राउ : सवारी चेकजाँचमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ४ जनालाई पक्राउ गर्यो । गत, कार्तिक २२ गते राती १० बजे भरतपुर महानगरपालिका वर्डा नम्बर ०७ टाईगरचोकस्थित सडक खण्डमा बा. ७. च. ९६४९ नम्वरको कार रोकी सोधपुछ गर्ने क्रम्मा प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने माडी नगरपालिका वडा नम्वर ५ घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २६ को अर्जुन लामिछाने, बर्ष ३९ को कृष्ण प्रसाद पौडेल, खैरहनी नगरपालिका वडा नम्वर १२ बस्ने बर्ष २७ की प्रमिला थपलिया र राप्ती नगरपालिका वडा नम्वर ४ भण्डारा बस्ने बर्ष २२ की रिया घर्तीलाई पक्राउ गरिएको हो ।
त्यस्तै, लागूऔषध (गाँजा) तस्करी बिरुद्धमा चलिरहेको अप्रेसनको क्रममा ईलाका प्रहरी कार्यालय टाँडीका सादा पोशाक प्रहरीले गोप्य सुचनाको आधारमा लुकाई राखेको गाँजा बरामद गरी फर्कने क्रममा राप्ती न.पा.वडा नं.५ चौकीडाँडा मा राती साँढे नौ बजे अं. ३०० जनाको भिडले प्रहरीले प्रयोग गरेको बा १२ च २७१ र बा १ झ ७४६५ नंम्बरको सवारीसाधनमा आक्रमण गरी ३ जना प्रहरी जवानहरुलाई घाइते बनाउने तथा सवारी साधनमा क्षति समेत भएकोले स्थितीलाइ नियन्त्रणमा लिन SLR बाट १ राउन्ड हवाई फायर गर्दै मादक पदार्थ सेबन गरी प्रहरी माथी आक्रमण गर्ने ४ जना ब्यक्तीहरु समेत नियन्त्रणमा लियो ।
१६. फरार हत्यारा पक्राउ : काठमाडौंको गोंंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आरोपमा चितवनबाट ३ जना पक्राउ पार्न एसपी गुरुङ र उनको टिम सफल भए । प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङको नेतृत्वमा खटिएको टोलीले पुर्बी चितवनको रत्ननगर १५, माधवपुरबाट कल्पना मुडवरी, निता मुडवरी र निरज मुडवरी रहेका छन् । स्थाई घर चितवनको कालिका ८ शक्तिखोर भई काठमाडौंको सामाखुसीमा अस्थायी रूपमा बस्दै आएका उनीहरुलाई चितवन प्रहरीले चितवनको माधवपुर बाट पक्राउ गर्न सफल भएको थियो ।
१७. ज्यान मुद्दाका प्रतिवादी कारागार चलान : एसपी गुरुङकै कार्यकालमा गत, जेठ २३ गते माडी नगरपालिका वडा नंम्बर ७ बस्ने वर्ष १८ को गौरव थापा गाउँकै माछा पोखरीमा माछा झिक्न गएकोमा सोही दिन बेलुकी ७:२५ बजेको समयमा माछा पोखरीको डिलमा मृत अवस्थामा फेला परेकोमा घट्नामा संलग्न मकवानपुर भिमफेदी गा.पा.वडा नंम्बर २ बस्ने वर्ष ५३ को जित बहादुर बल र उनको श्रीमान श्रीमती मिली कुटपिट गरी कर्तव्य गरी मारेको घट्नामा पुर्पक्षको लागी थुनामा राख्न कारागार कार्यालय भरतपुरमा पठाउन सफल भएको । त्यस्तै, भरतपुर महानगरपालिका वडा नं.११ घर भई शुक्रनगरस्थित कुखुरा पालन व्यवसाय गर्दै आएका वर्ष २२ को संजय खनाल असार १८ गते रातको अं.१०:३० बजेको समयमा निजको घर नजिकै बारीमा मृत अवस्थामा फेला परेकोमा घट्नामा संलग्न शिवलाल कुमाललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय भरतपुर चितवनमा पठाईएको ।
१८. घूस दिन खोज्ने दुईजना पक्राउ : चितवनमा प्रहरीलाई घूस दिन खोज्ने दुई जना पक्राउ परे । राप्ती नगरपालिका १ स्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ना.७ख ८१९ नम्बरको ट्रक चालक रौतहट राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने ३२ वर्षीय अब्दुल मनान देवान र सहचालक राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने २५ वर्षीय महमद सितार छन् । रौतहटबाट नारायणगढतर्फ जाँदै गरेको ओभर लोड इँटा बोकेको ट्रकलाई अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रहरीलाई जबरजस्ती घूस दिन खोजेपछि दुवैलाई पक्राउ गरेको हो ।
१९. मोबाइल खोजतलास गरी बुझाइएको : विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोबाइलहरु हराएका तथा चोरी भएका भनी प्रहरीमा रिपोर्ट प्राप्त भए अनुसार खोजतलासको क्रममा विभिन्न कम्पनीका १७ थान मोबाइलहरु फेला पारी आज मिति सम्वन्धित व्यक्तिहरुलाई बुझाइएको छ ।
२०. सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ : फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित चितवन जिल्ला अदालतको मिति २०७२/०३/२३ र मिति २०७३/०५/२७ गतेको फरक-फरक फैसला आदेशले सरकारी छाप दस्तखत किर्ते मुद्दामा क्रमश: ०६ महिना र ११ महिना १३ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी जिल्ला चितवन, रत्ननगर नगरपालिका वडा नं १३ बस्ने बर्ष ३८ को दिपु भन्ने दिपेन्द्र कुमार श्रेष्ठलाई मिति २०७७/०४/०६ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार चितवनमा पठाइएको ।
२१. जवरजस्ती करणी मुद्दाका प्रतिवादी कारागार चलान :
वर्ष १७ की नाम परिवर्तित ३५ भरतपुर (२) ०७७/०७८ आफ्नो ठुली आमाको घरमा बसी अध्ययन गर्दै आएकोमा मिति २०७७/०४/०४ गते बेलुकी एक्लै तरकारी किन्न बजार तर्फ गईरहेको अवस्थामा जिल्ला चितवन माडी न.पा.वडा नं.९ बगही स्थित जंगलको बाटोमा पुग्दा जिल्ला अर्घाखाँची पाणिनी गा.पा.वडा नं.३ बस्ने वर्ष २६ को मनोज के.सी.ले जवरजस्ती समाती जंगल भित्र लगी जवरजस्ती करणी गरेको हुँदा निजलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय चितवन मार्फत चितवन जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०७७/०४/२८ गते चितवन जिल्ला अदालतको आदेशले निज मनोज के.सी.लाई पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय भरतपुर चितवनमा पठाईएको ।
भरतपुर महानगरपालिका वडा नं.४ बस्ने बिजय श्रेष्ठ भन्ने बिजय मानन्धरले वर्ष १६ की नाम परिवर्तित ३५ भरतपुर (७७) ०७७/०७८ लाई प्रेम गर्छु, बिवाह गर्छु भनी ललाई फकाई मिति २०७७/०३/०७ गते राती ऐ.ऐ.बस्ने सबिन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा कारमा राखी जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१७ स्थित निज सविनको ग्रिल उद्योगमा लगी मिति २०७७/०३/०८ गते राती सम्म राखी निज बिजय श्रेष्ठ भन्ने बिजय मानन्धरले पटक पटक जवरजस्ती करणी गरेको भन्ने घटना सम्बन्धमा दुवै प्रतिवादीहरुलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय चितवन मार्फत चितवन जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०७७/०४/३२ गते चितवन जिल्ला अदालतको आदेशले निजहरूलाई पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय भरतपुर चितवनमा पठाईएको ।
२२. गाँजा खेती नष्ट
पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नम्बर १२ स्थित कोधानवाङ गैरी, यौरेलीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नंम्बर १३ स्थित कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका विभिन्न स्थानहरुमा लगाएको अवैध गाँजा खेती नष्ट गर्यो ।
एसपी नान्तीराज गुरुङले ५० विघामा लगाएको अन्दाजी ३६ लाख बराबरको गाँजाका बोटविरुवा नष्ट गर्न सफल भएका हुन् ।
२३. चौकी स्थापना
एसपी नान्तीराज गुरुङकै कार्यकालमा भरतपुर म.न.पा. वडा नं.१५ स्थितमा ईलाका प्रहरी कार्यालय फुलबारी चौतारा स्थापना गरिएको । नवस्थापित कार्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा आजै देखी प्रहरी टोली परिचालित भई प्रहरी सेवा प्रारम्भ गरिएको छ ।
गत ४ पुसमा प्रहरी प्रधान कार्यालयले २५ जना एसपीको सरुवा गर्दै चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालय चितवनमा एसपी गंगा पन्तलाई सरुवा गरेको थियो । तर, एसपी मल्लले राजनीतिक संरक्षणका आडमा चितवन नछाडेपछि पन्त जान पाएकी थिइनन् । त्यसपछि गत, माघ २३ गते चितवन आउन सफल भएका गुरुङमाथि केही महिनादेखि नियोजित रुपमा प्रहारहरु भइरहेका छन् । उनलाई इतिहासकै असफल प्रहरी प्रमुखको दर्जा भिराउने प्रयन्त भइरहेको छ। अपराधबिरुद्ध कठोर कदम चाल्दै सरकारले दिएको जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने अभियानमा लागेपछि गुरुङ्ममाथि यो प्रहार भइरहेको हो ।
नान्तीराजले चितवन प्रहरीको कमाण्ड सम्हालेपछि देश लकडाउन भएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेपाल सरकारले निषेधाज्ञा गरेको थियो । तर, यो बिचमा चितवन प्रहरीले आफ्नु सुरक्षाको कुनै प्रवाह नगरी राज्यले दिइएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्दै आएका थिए । चितवनका प्रहरी प्रमुख (एसपी) गुरुङ त्यस्ता पात्र हुन् : जो आफैं फिल्डमा खटिएर सर्वसाधरणलाइ कोरोना संक्रमणबाट बचाउने जस्ता विभिन्न जनचेतनामुलक कार्यहरु समेेत गर्दै आएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #प्रहरी #एसपी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्