स्थानीय तह सम्म भ्रष्टचार र वेतिथीःकांग्रेस नेता खड्का

संखुवासभा खाँदबारी : नेपाली कांग्रेसका युवा नेता तथा पुर्व राज्यमन्त्री एवम् संबिधानसभा सदस्य माननीय दिपक खड्काले वर्तमान सरकार भ्रष्टचार र व्यत्तिगत स्वार्थमा लागेको बताउनुभयो । प्रेस युनियन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता खड्काले स्थानीय सरकार सम्म भएको भ्रष्टचारले विकास हुन नसकेको आरोप लगाउनुभयो ।
जनताले दिएको मतको अवमुल्यन गदै जनप्रतिनिधीहरु भ्रष्टचार र व्यत्तिगत स्वार्थमा लागेको पत्रकार भेटघाटमा नेता खड्बकाले बताउनुभयो । जिल्लाका स्थानिय सरकार सञ्चालन गरिरहेका जनप्रतिनिधीले विना स्वार्थ काम गर्न नसक्दा पार्टी परिर्वतनको लहर चलेको नेता खड्काको भनाई थियो । स्थानीय सरकार सम्मको वेतिथीबाट जनता आजित भएको नेता खड्काले बताउनुभयो । तीनै तहको सरकारको पाँच वर्षको कार्यकालबाट जनताले विकासको अनुभुत गर्न नसक्ने खड्काको दावी छ । विकास निर्माणको गति सुस्त र अधिकाम्स आयोजनाको काम ठप्प रहेको उँहाको भनाई छ । स्थानीय तहहरुमा जनप्रतिनिधीहरुले आफु निकटका ब्यक्ति तथा कार्यकर्ताहरुलाई उपभोक्ता समिति गठन गरेर अनियमितता गरेको पाइएको नेता खड्काले बताउनुभयो ।
योजना सञ्चालन हुने वडामा आफ्ना कार्यकर्ता नभए अन्य वडाबाट कार्यकर्ता ल्याएर स्थानीय तहरुमा उपभोत्ता गठन गर्ने प्रवृति बढेको खड्काको आरोप छ । नेता खड्काले भने–आगामि चुनाबमा अहिलेका जतप्रतिनिधीलाई जनताले विश्वास गर्ने ठाउँ छैन । पत्रकारहरुले सोधेको प्रश्नमा कांग्रेसले सञ्चालन गरिरहेको जिल्लाका पाँच स्थानीय सरकारमा भएको भ्रष्टचार र वेतिथीका बारेमा जिल्ला पार्टीमा छलफल गर्ने नेता खड्काले प्रतिवद्धता जनाउनुभयो । कांग्रेसले नेतृत्व गरिरहेको स्थानीय तहहरुमा सुशासन कायम गर्दै भ्रष्टचार मुक्त पालिका बनाउन पार्टीले निर्देशन दिदै आएको र आइरहेको समेत जानकारी दिनुभयो । जिल्लाको दश स्थानीय तह रहेको संखुवासभामा पाँच कांग्रेस र पाँच नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुले नेतृत्व गरिरहेका छन् ।
नेकपालाई जनताले पाँच वर्ष सम्म सरकार चलाउन जिम्मेवारी दिएपनि सरकार असक्षम रहेको पुर्व राज्यमन्त्री खड्काले जिकिर गर्नुभयो । ट्रान्स्परेन्सी ईन्टरनेशनलको प्रतिवेदनमा एसियाको भ्रष्टचारी देशमा नेपाल पहिलो नम्बरमा परेको र प्रधानमन्त्रीको नाम उल्लेख भएपछि पदमा बसिरहनुको औचित्य सकिएको कांग्रेस नेता खड्काको भनाई थियो । हाल सम्म सरकारले गरिरहेको गतिविधी बाट प्रतिपक्षी दल सन्तुष्ट नभएकाले अव काग्रेस जनता सम्म पुगेर नेकपा सरकारले गरेका नराम्रा कार्यहरुको खण्डन गदै जाने पनि नेता खड्उकाले बताउनुभयो ।
प्रधानमन्त्रीले संखुवासभा भ्रमण गरे पनि जिल्ला बासीले केही उपलब्धी हाँसील गर्न नसकेको खड्ताकाले बताउनुभयो । उँहाले भन्नुभयो–स्थानीय जनता र दललाई बेवास्ता गरेर गरिएको प्रधामन्त्रीको भ्रमणले जिल्लाले के पायो भन्ने कसैले भन्न सक्दैन । जिल्लामा आधा दर्जन सांसदहरु रहेको भएपनि जिल्लाको विकासमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको खड्काको अरोप छ । जिल्लाको विकास कसरी गर्ने भन्ने विषयमा हामी सँग सल्लाह लिन आउनुहोस्, हामी सल्लाह दिन तयार रहेको खड्काले बताउनुभयो ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्