कैदी फरार प्रकरण : दुई जना प्रहरी जवान निलम्बित

चितवन । भरतपुर कारागारबाट कैदी फरार भएपछि सुरक्षार्थ खटिएका दुई जना प्रहरी निलम्बनमा परेका छन् । जवरजस्ती करणीको मुद्दामा गत साउन २० गते पक्राउ परेर कैद भुक्तान गरिरहेका पुर्वी चितवनको कालिका नगरपालिका निवासी बर्ष ४५ को रेशमलाल श्रेष्ठ गत, बिहिबार साँझ सवा पाँच बजेदेखी कारागार परिसरभित्रैबाट फरार भएका थिए ।
कारागार भित्रैबाट कैदी फरार भएपछि ड्युटीमा खटिएका दुई जना प्रहरी जवानद्वयलाइ (आइतबार) साँझ जिल्ला प्रहरी कार्यालय चितवनले निलम्बन गरेको छ । प्रहरी स्रोतका अनुसार दिएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह नगर्ने प्रहरी जवानद्वय सुरेश लामा र अन्जन कार्की निलम्बनमा परेका हुन् । निलम्बित प्रहरीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
यता, प्रहरी जवानद्वयलाई निलम्बन गरेपनि कारागारका इन्चार्ज समेत रहेका असइ दुर्गा बहादुर गेवालाई भने त्यहाँको जिम्मेवारीबाट अझै हटाइएको छैनन् । कारागारबाट कुनै पनि थुनुवा वा कैदीलाई भगाए या फरार भए जेलरदेखी ड्युटीमा खटिएका प्रहरी कर्मचारीसम्मलाई बिभागीय कार्वाही हुन्छ । तर, चितवनको भरतपुर कारागारबाट फरार भएका कैदी प्रकरणमा भने, हालसम्म पनि असईको कमान्डमा रहेको प्रहरीलाई उक्त जिम्मेवारीबाट हटाइ जिल्ला तानिएको छैन । कारागारमा अहिले असई गेवाको कमान्डमा २२ जना प्रहरी खटिएका छन् । जस्मा २ जना हवल्दार सहित अन्य २० जना प्रहरी जवान रहेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार घट्ना भएको दिन एक जना हवल्दार र एक जना जवान किरिया बिदा र अर्का एक जना प्रहरी जवान नेपाल प्रहरी अस्पतालमा उपचारका लागी भर्ना भएका थिए ।
फरार कैदी अझै सम्पर्कविहीन ।
कैदी फरार भएलगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले एसपी नान्तीराज गुरुङको कमान्डमा जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि उनी हालसम्म कहाँ छन्, अझै पत्ता लाग्न सकेको छैनन् ।
कैदी फरार भएसँगै चितवनका प्रहरी प्रमुख एसपी गुरुङ र डिएसपी सुर्य बहादुर थापा स्वयं फिल्डमा खटिए पनि चितवन प्रहरीले उपलब्धि भने हासिल गर्न सकिरहेको छैन । स्रोतका अनुसार एसपी गुरुङ आफैं फिल्डमा खटिएको र उनको खोजी कार्यलाइ तीब्रता दिइएको जनाएको छ । दैनिकरुपमा चौरबाट कारागारभित्र कैदी बन्दी संख्या गन्ती गरी भित्र प्रबेश गराउने क्रम्मा कैदी फरार भएको दाबी चितवन प्रहरीले गरिरहेको छ । स्रोतका अनुसार चितवन प्रहरीले फरार कैदी भारततर्फ भाग्न सक्ने भन्दै भैरहवा तथा बीरगंजसम्म प्रहरी पठाएको थियो ।
स्रोतका अनुसार एसपी गुरुङ आफैं फिल्ड खटिएको र उनको खोजीकार्यलाइ समेत तीब्रता दिइएको जनाएको छ । फरार रहेका श्रेष्ठको हुलीया बर्ण कालो, होचो कद रहेको छ भने, उनले खैरो ज्याकेट, ऊनिको चुच्चे टोपी, तलको ट्याकको साईडमा सेतो धर्का भएको ट्याक र खाली खुट्टा वा चप्पल लगाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
छुट्टाछुटै छानबिन समिती गठन ।
चितवनको भरतपुर कारागारबाट फरार भएका कैदीका बिषयमा छुट्टाछुट्टै छानबिन समिती गठन भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका (डिआइजी) वसन्त कुमार लामाले फरार भएका कैदी रेशमलाल श्रेष्ठको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयले छानबिन समिती गठन गरेको बताए । कैदी फरार भएको घट्नाका सम्बन्धमा हामीले सिनियर अफिसरको कमान्डमा टोली खटाएका छौं ।
र, टोलीले आजैदेखी नियमित रुपमा काम गर्ने छ । डिआइजी लामाले भने, कैदी फरार भएको घट्नाको बिषयमा अहिले नै यहि हो भन्न मिल्दैन । उनीहरुले बुझाएको प्रतिवेदन अनुसार नै प्रदेश प्रहरी कार्यालय अघि बढ्छ । उनले ड्युटीमा खटिएका प्रहरी कर्मचारी लगायत त्यहाँका अन्य कारागार प्रशासनसँग समेत बुझ्ने काम गर्छ, घट्नामा संलग्न जोकोही भएपनि त्यस्ता प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा कार्वाही हुन्छ । बिभागको नीति नियम अनुसार नै उनीहरु दण्डित हुन्छन् ।
उता, कारागारमाथि नै सुरक्षा व्यवस्थामा प्रश्न उठे पछि जिल्ला प्रशासन कार्यालयले समेत अनुसन्धान गर्नका लागि छानविन समिति बनाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा छानविन समिति बनाइएको हो । सोही समितिले कैदी फरार भएको विषयलाई लिएर अनौपचारिक अनुुसन्धान सुरू गरिसकेको जनाएको छ । जिल्लामा भएको यो घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय समेत गम्भीर बनेको छ ।’ उनले छानविन थालेको मितिले बढीमा तीन दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताए ।
समितिका संयोजक शर्माले भने, ‘अहिले विभिन्न खालका अनुमान मात्र गर्न सकिन्छ, कैदी आफैँ भागेको हो वा कसैबाट भगाइएको हो भन्ने विषय अहिले यसै भन्न सकिँदैन, भने पनि त्यो अनुमानको भरमा भन्ने हो, छानविन गरेर प्रतिवेदन ल्याएपछि नै कैदी कसरी भाग्यो, सुरक्षा व्यवस्था कस्तो रहेछ भन्ने कुरा थाहा हुन्छ ।’
उता, कारागारका जेलर कमल प्रसाद काफ्लेका अनुसार समितीका संयोजक हिजो कारागारमा अनुसन्धानका लागी आएको बताए । जवरजस्ती करणीको मुद्दामा गत, साउन २० गतेदेखी कैद भुक्तान गरिरहेका पुर्वी चितवनको कालिका नगरपालिका निवासी बर्ष ४५ को रेशमलाल श्रेष्ठ गत बिहीबार साँझ सवा पाँच बजेदेखी फरार छन् ।
कैदी फरार भएपछि जिल्ला कारागारको सुरक्षा माथि अनेक प्रश्न चिन्ह समेत खडा भइरहेको छ । सुरक्षा व्यवस्था कडा हुँदाहुँदै पनि कसरी कैदी भाग्न सफल भए भन्ने विषयले गम्भीर बनाएको समितीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीले शर्माले बताए । उनले भने, ‘कारागारबाट कैदी भाग्नु विषय हेर्दा सामान्य जस्तो लागे पनि यो घटना ठूलै हो, वास्तविक सत्यतथ्य पत्ता लगाउँछौँ ।
कैदी फरार हुदा कारागारमा प्रहरीको ९ वटा सेन्ट्री बसेको थियो भने, भरतपुर कारागारको पर्खालको उचाइ झन्डै १५ फिट अग्लो रहेको छ । पर्खालमाथि तीन लाइनको काँडे तार लगाएको छ । कारागारको गेटमा प्रहरीलाई अनिवार्य २४ सैँ घन्टा प्रहरीलाई तैनाथ गरिन्छन् । २८० जना क्षमताको कारागारमा हाल ६९७ कैदीबन्दी रहेका छन् ।
क्षमायार्चना : मिती : २०७७ मंसिर १६ गते ‘साझापाना अनलाइन’बाट कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित भन्ने शीर्षक सहितको समाचारमा प्रहरी जवान सुरेश लामाको फोटो हुनुपर्नेमा भुलवश प्र.ना.नि. सागर तामाङको फोटो प्रकाशित हुन गएकोले क्षमार्याचना सहित उक्त तस्वीर हटाइएको छ । साथै, यसबाट पर्न गएको असुविधा प्रति सम्बन्धित निकायसमक्ष क्षमार्याचना माग गर्दै आगामी दिनमा यसबाट पाठ सिकेर अघि बढ्ने प्रण ब्यक्त गर्दछौं । हामीले कसैको चरीत्र हत्या गर्ने उद्देश्यले उक्त तस्वीर प्रकाशित गरेका थिएनौं, भुलवश असम्बन्धि ब्यक्तिको तस्वीर प्रकाशित हुन गएको मात्रै हो । यसबाट हामीले थप पाठ सिकेर अघि बढ्ने प्रतिवद्वता ब्यक्त गर्दछौं – साझापाना अनलाइन
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्