चितवनका जनताको एउटै स्वर : निडर प्रहरीको आवश्यकता
चितवन । पछिल्लो केही बर्षयता चितवन प्रहरीको नेतृत्व सम्हाल्न आएका प्रहरी प्रमुखहरु एकपछि अर्को गर्दै विभिन्न काण्डहरुमा मुछिदै गएका छन् । जस्ले गर्दा नेपाल प्रहरी अनेक विवादको भुमरीमा फस्दै गएपछि यहाँका स्थानीयहरुले भने काबिल अफिसर ल्याउनुपर्नेमा जोड गरेका छन् । उनीहरुले अब भने चितवन प्रहरीको नेतृत्व दयानिधी ज्ञवाली (डिएन) ले गर्नुपर्ने बताइरहेका छन् ।
एसपी ज्ञवालीले प्रहरीको जागिरमा करिब १८ वर्षसम्म इमान्दार रुपमा काम गर्न सक्नु नै आफैमा एउटा अद्भूत विशेषता र योग्यता रहेकोले पनि उनलाई चितवनका जनताले रुचाएको हुन सक्ने उनीसँगै काम गरेका प्रहरी अधिकृतहरु बताउँछन् ।
उनीहरु भन्छन् : चितवनको प्रहरी प्रमुखमा ज्ञवालीको आगमन भए धेरै वर्षपछि खस्किएको शान्तिसुरक्षाको साथै, चितवनका जनता र प्रहरीका समग्र बहाल तथा पूर्वसकल दर्जाले आफ्नो कमान्डको इमान्दारीता, कमान्ड गर्न सक्ने क्षमता र निडरतामा गर्व गर्न सक्नेमा जोड दिए ।
उनीहरु आँखा जुधाएर कसैलाई भन्न सक्छन् की “मेरो चितवन प्रहरी प्रमुख इमान्दार र सक्ष्म छन् ।” र, उनीहरुलाइ कानुन बमोजिम काम गर्न कसै संग अनुमती लिनुपर्ने छैन । त्यसैले पनि उहाँले चितवनको कमान्ड सम्हालेको हेर्न यहाँका प्रहरीदेखी स्थानीय सम्म आतुर भएको हुन सक्छन्, ती प्रहरी अधिकृतले भने ।
त्यस्तै, स्थानीयको नजरमा समेत आफ्नु छुट्टै पहिचान बनाउन सफल भएका एसपी ज्ञवाली एक स्वघोषित वा भाषण र चाटुककारका कारण इमान्दार कहलिएका नभई साँच्चिकै एक इमान्दार रहेको यहाँका स्थानीय बताउँछन् । युवा समाजसेवी समेत रहेका नेकपाका नेता सरोज भण्डारी भन्छन् : ज्ञवाली जस्ता काविल अफिसर चितवनले पाउन सके साँच्चै यहाँका स्थानीयले राम्रो अनुभती गर्न पाउने छन् ।
त्यस्तै, भरतपुरका स्थानीय ब्यावसायी कमल कँडेलले पनि चितवनको नेतृत्व एसपी ज्ञवालीले लिनुपर्नेमा आवश्यक रहेको बताउँछन् । उनले जिल्लामा भए गरेको अपराधीक गतिविधी चितवन प्रहरीले पार्न नसकेको असफलतालाई मध्ययनजर गर्दै यहाँको कमान्ड एसपी ज्ञवालीले नै लिनुपर्ने बताएका हुन् ।
सफल प्रहरी प्रमुख हुन पहिला आफ्नो पदको जिम्मेवारी राम्ररी बुझेर मात्र काम सुरु गर्नुपर्छ । एसपी भएपछि ज्ञवालीले अबको केही समयमा नै पहिलो चोटी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् जुन उहाँको लागी बिग्रेको चितवन सुधार्ने मौका पनि हुनेछ, उनले भने । त्यसैले त्यो पद उहाँका लागी नौलो हो ।
यता, सौराहाका सफल ब्यावसायी महेश खनालले पनि चितवनमा काविल अफिसरको आवश्यकता रहेको औंल्याए । उनले भने, चितवनमा धेरै एसपीहरुले यो कुरो बुझ्नु भएन र सो पद प्राप्त गरेको दिनबाटै जथाभावी गर्न थाल्नुभयो र अन्ततः असफलमा आफ्नो नाम दर्ता गराउनुभयो ।
त्यस्तै, नेपाली काँग्रेसका युवा नेता प्रल्हाद सापकोटाले चितवनको शान्तिसुरक्षा खस्किएकोले पनि जिल्लाको नेतृत्व सम्हाल्न एक ब्यावसायीक प्रहरी अधिकृतको खाँचो रहेको औंल्याए । उनले राजनैतिक चाकडी गर्ने प्रहरी प्रमुख भन्दा पनि एक इमान्दार, सक्ष्म तथा काम गर्न सक्ने निडर प्रहरीको आवश्यकता रहेकोले हाम्रालाइ भन्दा राम्रालाइ नेतृत्व दिनुपर्ने बताउँछन् ।
सापकोटा भन्छन् : सही मानिस स्वतः सही स्थानमा हुन्थे र मुलुकमा विद्रोहदेखि आतंकवाद, डनदेखि जुवाडे र तस्करदेखि अपराधीहरुको नामोनिसान मेटिन्थ्यो । तर, धन कमाउने उद्देश्यका साथ आएका प्रमुखबाट के अपेक्षा राख्ने ? नेताको चाकडी गरी जागिर जोगाउन तल्लीन एसपीबाट सुशासनको कल्पना कसरी गर्ने ? गुट बनाएर हिंड्ने बाट स्वच्छ बृत्ति विकासको कल्पना कसरी गर्ने ? तसर्थ, नेकपाका प्रहरी भन्दा नेतृत्व बिकाश गर्ने एक इमान्दार प्रहरी चितवनवासीलाई चाहिएको छ । जुन खुवी एसपी ज्ञवालीमा छ ।
त्यस्तै, यसअघि टाँडी चितवनमा प्रहरी प्रमुख भइ आएका उनै एसपी ज्ञवालीले डिएसपीमा हुँदा ११ महिनामा ११ उत्कृष्ट काम गर्न सफल भएकोले पनि उनलाइ पुन दोह्रोर्याउनुपर्ने सर्त स्थानीयले राखेको हुन सक्ने युवासंघ चितवनका संयोजक प्रताप डल्लाकोटीले बताए । स्थानीय तहमा अत्यन्त जिम्मेवार भएर काम गरेको डल्लाकोटीको भनाइ छ ।
त्यस्तै, अर्का निर्माण ब्यावसायी तथा रत्ननगर १० का वर्डा अध्यक्ष रोशन आचार्यका अनुसार ज्ञवालीले एक टोल एक घण्टा, अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवातास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारीसाधन चोरी, महिला हिंसा नियन्त्रण, बलात्कार काण्ड न्युनीकरण, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउ सहित विभिन्न कामहरु गरेर जनतामाझ लोकप्रिय भएको बताए ।
त्यस्तै, चितवनमा उनीसँगै काम गरेका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले पनि डिएसपी ज्ञवालीले पुर्वी चितवनको कमान्ड सम्हाल्दा शान्तिसुरक्षामा मजबुत पारी अपराध तथा अपराधीक गतिविधीलाई न्युनीकरण गर्न कुनै कसुर बाँकी नराखेको बताए ।
यी हुन मुख्य सात काम !
१. एसपी दयानिधी ज्ञवालीले इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मेवारी सम्हाल्दा पुर्वी चितवनको विभिन्न स्थानहरुबाट २४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएका थिए । सुरक्षा चेकजाँचमा कडाई गरेसँगै ठूलो संख्यामा चोरीका मोटरसाईकल नियन्त्रणमा लिन उनी सफल भए । नम्बर प्लेट परिवर्तन गरेर चलाईएका मोटरसाईकल चालकहरु प्रहरी चेकजाँचका क्रममा घरमा बिलबुक छुटेको भन्दै मोटरसाईकल छाडेर जाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । धेरै दिन मोटरसाईकल धनी नआएसँगै टाँडी प्रहरीले यातायात व्यवस्था कार्यालयसँग भएको रेकर्ड हेर्दा उक्त मोटरसाईकलहरु नक्कली रहेको खुल्न आयो ।
२) बसमा यात्रा गर्ने यात्रुहरूको पाकेट मार्ने गिरोहलाइ पक्राउ गर्न सफल भयो । स्विप अप्रेसनका क्रम्मा बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको एक बसमा यात्रारत महिलाको पाकेट मार्ने २ जना महिलालाई रत्ननगर नगरपालिकाको वर्डा नम्बर ३ स्थित शान्तिचोकबाट रंगेेेहात पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
बसमा यात्रारत कालिका नगरपालिका वडा नम्बर १० सिद्धिकी अस्मिता चेपाङको नगद झन्डै रु २५ हजार ७० र मोबाइल सेट चोर्ने क्रममा गस्तीमा खटिएको सादा पोशाकका प्रहरीले भारतको कलकत्तास्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देवलाइ पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
३) पुर्वी चितवनको कालिका नगरपालिका वडा नं. ८ स्थित कालिका मन्दिरको परिसरबाट काठ चोरी गर्ने एक व्यक्ति पक्राउ परे । मन्दिर परिसरमा रहेको प्रतिक्षालयको फलेक उप्काई लैजाँदै गरेको अवस्थामा सोही नगरपालिकाको वडा नं. ७ बस्ने बर्ष ४० को भिम घर्तीलाइ प्रहरीले पक्राउ गर्यो ।
४. बर्षौदेखी राज चल्दै आएको अवैध ढुंगा, गिट्टी उत्खनन कार्य समेत पुर्ण रुपमा बन्द भयो । भने, ब्यापाक मात्रामा प्रहरी समेत परिचालन गरी घट्ना घटे लगत्तै ‘अन द स्पोर्ट्’ घट्नास्थलतर्फ प्रस्थान हुने गरी सुरक्षा समेत मिलायो । रत्ननगरलाइ शान्तिपूर्ण र भयरहित बनाइ स्थानीयको मन, मस्तिष्कमा बसी राम्रोसँग कार्यसम्पादन गर्ने र गलत क्रियाक्रलापमा आफु पनि सहभागी नहुने र कोही भएको पाइए तुरुन्तै पक्राउ गरी थुनिदिनेसम्म चेतावनी दिए ।
४) विगत ६ दिनदेखि बेपत्ता भएका चितवनको कालिका नगरपालिका वडा नं ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा तेह्रथुमको एक होटलमा भेटिए । कात्तिक २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनी भरतपुरबाट बेपत्ता भए । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदिप नारायणगढमा सपिङ गरेपछि सुटकेस सहित बेपत्ता भएका थिए ।
रहस्यमय तरिकाले हराएका सुदिपले प्रयोग गरेको आफ्नो सिम निकालेर वाइफाई मात्र अन गरेको र उक्त मोवाईलको आइ एम इ आई नम्वरबाट आफुले उक्त ब्यक्ति तेह्रथुमको एक होटलमा फेला पार्यो । हराएका सापकोटाले प्रयोग गरेको ल्याप्टपको डकुमेन्ट हेर्दा उनले सवै डकुमेन्ट फेक बनाएर अरुलाई झुक्याए ।
५) एसपी ज्ञवालीले एक टोल एक घण्टा अप्रेसन सुरु गरे । पहिलो चरणमा यही फागुनको २३ गतेदेखी २९ गते सम्म एक हप्ते अप्रेसन चलाईयो । सो अप्रेसन प्रभावकारी देखियो । सुरक्षा चुनौती बढेको अनुभवसँगै जनप्रतिनिधीहरुबाट गुनासो आएपछि पूर्वी चितवनलाई शान्त र सुरक्षित बनाउन यहाँका तीन वटै इलाका प्रहरी कार्यालय मिलेर अभियानकै रुपमा अप्रेसन सुरु गर्यो । पूर्वी चितवनमा इलाका प्रहरी कार्यालय टाँडीसँगै इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डारा रहेको छ । गुण्डागर्दी, घरेलु मदिरा, लागु औषध, जुवातास, विकृत यौन क्रियाकलाप, ट्राफिक कारवाही, सचेतना र विभिन्न किसिमका तस्करी नियन्त्रण गर्ने उद्देश्यले अभियान चलाइए ।
६) एक हप्ते अभियानमा चार वटा नगरपालिका बाट करिव १ लाख ७ हजार लिटर अवैध मदिरा बरामद गरि नष्ट गरियो । घरेलु मदिरा सम्बन्धी इलाका प्रहरी कार्यालयहरुले नै नष्ट गरेका छन् । बिभिन्न अबैध नदीजन्य पदार्थ ओसारपोसारमा संलग्न ११ वटा ट्रिपर र ट्याक्टरलाई कारवाही गरिएको छ । शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पूर्वी चितवनका विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएकोमा राप्ती नगरपालिका ३ झुरझुरेका किरण गुरुङलाई घरेलु हातहतियार सहित पक्राउ गरी कारवाही अगाडि बढाइएको हो । अभियानकै क्रममा १ सय ४२ वटा सवारीसाधनलाई कारवाही गरियो । ३ सय वटा सवारीसाधनका अगाडिको झल्लर र स्टीकर समेत हटाइए । दैनिक ६० जनाको प्रहरीहरु अप्रेसनमा खटिए ।
७) पूर्वी चितवनको कयर खोलाबाट नदिजन्य पदार्थ उत्खननमा सलग्न रहेका ८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लियो । खैरहनी र रत्ननगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन कार्यमा कडाई गर्ने निर्णय गरेको भोलिपल्ट उत्खननमा सलग्न ८ वटा ट्याक्टर नियन्त्रणमा लियो । ना ३ त ८२६,ना ६ त ६९७७,ना ४ त ७४२९,ना २ त ७९१९,ना ३ त ३४२५ र ना ५ त ६९९६ नम्वरको ट्याक्टर नियन्त्रणमा लिईएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्